चुनाव घोषणासँगै विरगन्जमा आन्दोलन

prachandako-putla-jalyoकाठमाडौं : सरकारले स्थानिय निकायको चुनाव घोषणा गरेसँगै मधेसमा विरोध सुरू भएको छ । सदभावना पार्टीका कार्यकर्ताहरुले बीरगन्जको घण्टाघर चोकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को पुत्ला दहन गरेका छन्। पुत्ला दहनसँगै प्रचण्डलाई दलालको संज्ञा दिँदै सरकार विरुद्ध नारा जुलुस समेत प्रदर्शन गरेका छन् । संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले आन्दोलनको कार्यक्रम सार्वजनिक गरेको थियो । पुत्ला दहनपछि आयोजित कोणसभालाइ सम्बोधन गर्दै सदभावना पार्टीका उपाध्यक्ष इश्वर यादवले मधेसी मोर्चाकै समर्थनमा प्रधानमन्त्री बनेका प्रचण्डले मधेसी जनतालाई धोका दिएको आरोप लगाए । उनले संविधान संशोधन बेगरको निर्वाचनको कुनै अर्थ नभएको दावी गरे । उनले सरकारले घोषणा गरेपनि मधेसमा निर्वाचन हुन नदिने चेतावनी दिए । सरकारले अगामी वैशाख ३१ गते स्थानीय तहको निर्वाचन गराउने निर्णय गरेको छ । त्यसको केही घण्टामा नै आन्दोलनको कार्यक्रम सार्वजनिक गरेको थियो ।

प्रतिक्रिया

सम्बन्धित