जब गुण्डा तह लगाउँछु भन्ने एसएसपीले खुँखार गुण्डाको पक्ष लिए ...

arajakकाठमाडौं।  काठमाडौं प्रहरी इन्चार्ज एसएसपी छविलाल जोशी दावा लामाको पक्षमा र अन्य प्रहरी अधिकृत राम गिरीको पक्षमा लागेपछि गुण्डाकै कारण प्रहरीभित्र विवाद बढेको हो । काभ्रेली समूहका अराजक गुण्डा दावा लामा र राजधानीमा रात्री व्यवसाय गिरीका कारण काठमाडौं प्रहरीबीच कलह मच्चिएको हो । गिरीमाथि आत्रमण गरेको अभियोगमा लामा हाल महानगरीय प्रहरी  हिरासतमा छन् ।

 गत माघ २८ गते बेलुका दरबारमार्गको बेभाजु नामक डिस्कोमा लामाको समूहले गिरी र उनका बाउन्सरलाई कुटेका थिए । डिस्कोमा निस्शुल्क शेयर माग्दै उनीहरुले गिरीमाथि कुटपिट गरेको स्रोत बताउँछ । गिरी बेजाभुका संचालक हुन् । जहाँ २० करोडभन्दा धेरै लगानी गरिएको छ । क्रिकेटर पृथु बाँस्कोटादेखि केही बहालवाला प्रहरीलाई समेत पार्टनर बनाएर गिरीले उक्त डिस्को खोलेका हुन् । शुक्रबार राति आक्रमणकै योजनासहित काभ्रेली समूह त्यहाँ पुगेको थियो । सिक्किमबाट काठमाडौं आएको केही दिनमै लामाले उक्त बितण्डा मच्चाएका हुन् । गिरीले तत्कालै प्रहरीलाई बोलाएर लामालाई पक्राउ गराए ।

 भोलिपल्ट शनिबार थियो । त्यही दिन लामालाई छुटाउन ठूलै चलखेल भयो । काभ्रेका ठेकेदारदेखि कांग्रेस नेतासम्मले गृहमन्त्रीमार्फत एसएसपी छविलाल जोशीलाई दबाब र प्रलोभन दिए । प्रलोभन र दबाब दुबै आएपछि जोशी उनलाई छाड्ने निर्णयमा पुगिसकेका थिए । तर, गिरीले पनि त्यो कुरा चाल पाएर मुद्दा चलाउन दबाब दिए ।

 धेरै प्रहरी अधिकारीसँग उनको राम्रो हिमचिम थियो । त्यसपछि आइतबार सार्वजनिक अपराध मुद्दामा म्याद थप भयो । त्यसपछि काभ्रेली समूहले नयाँ तरिका अपनायो । गिरीलार्इ पनि मुद्दामा फसाउने । २ वर्षअघि ठमेलका घरबेटीलाई नै आक्रमण गरेको घटनामा दरबारमार्गमै उनी थुनिएका थिए । तिनै केसहरुको आधारमा उनलाई पनि पक्राउ गर्न लगाउने योजना बन्यो । सोहीअनुसार एसएसपी जोशीले गिरीलाई पक्राउ गर्न दरबारमार्ग वृत्तका डिएसपी कृष्णबहादुर पल्ली मगरलाई निर्देशन दिए । जो पीडित छ उसैलाई पक्राउ गर्न डिएसपी मगरले चासो दिएनन् । सोही रिसमा एसएसपी जोशीले डिएसपी मगरलार्इ कारबाही स्वरुप सचेत गराएका छन् । दावालाई सहयोग नगरेको र गिरीको पक्ष लिएकोमा त्यसरी प्रतिशोधस्वरुप डिएसपीलाई सचेत गराइएको परिसरका एक अधिकारी बताउँछन् । स्रोतका अनुसार उक्त विषयमा परिसरभित्रै पनि विवाद छ । एसएसपीले खुंखार गुन्डाको पक्ष लिएपछि परिसरका अन्य अधिकृतहरु उनको कार्यशैलीबाट रुष्ट भएका छन् । पैसा कमाउनका लागि आफ्ना अधिकृतभन्दा दलालहरुको सल्लाहमा उनले काम गर्न थालेको आरोप लाग्न थालेको छ । दृष्टि साप्ताहिकमा खबर छ।

प्रतिक्रिया

सम्बन्धित