श्रीलंकामा सामाजिक सञ्जालमा प्रतिबन्ध, मन्त्री नै असन्तुष्ट

Srilanka

कोलम्बो । श्रीलंकाका मन्त्री तथा प्रधानमन्त्री महिन्दा राजापाक्षेका जेठा छोरा नमलराजापाक्षेले सामाजिक सञ्जालमा लगाइएका  प्रतिबन्धमा  पुनर्विचार गर्नसरकारलाई आग्रह गरेका छन् । प्रतिबन्ध पूर्णरुपमा उपयोगहीन भएको बताउँदैउनले त्यसबारे पुनर्विचार गर्न सरकारलाई आग्रह गरेका हुन् ।  

श्रीलंका सरकारले फेसुबुक, ट्विटर, इन्स्टाग्राम, ह्वाट्सएप, युट्युबलगायतका सामाजिक सञ्जालका माध्यमहरूमा प्रतिबन्ध लगाएको छ । गलतसूचना रोक्न सरकारले सो निर्णय गरेको बताइएको छ । अप्ठ्यारो आर्थिक संकटबीचराष्ट्रपति गोटाबाया राजापाक्षेविरुद्ध विरोध प्रदर्शन भइरहेका बेलासरकारले संकटकाल घोषणा गरेको थियो । शनिबार साँझ देशव्यापी कर्फ्यू लगाएकोसरकारले आइतबार सामाजिक सञ्जालमा रोक लगाएको थियो ।

युवा तथा खेलकुद मन्त्रालय हाँकेका नमल राजापाक्षे राष्ट्रपति गोटाबायराजापाक्षेका भतिजा हुन् । उनले ट्विट गरेका छन्, ‘सामाजिक सञ्जालमा रोकलगाउने कुरालाई म कहिल्यै मान्दिनँ।’

प्रतिक्रिया

सम्बन्धित