५१ जना संक्रमणमुक्त हुँदा थप २४ जनामा कोरोना पुष्टी

Corona_Test

काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर २४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य मन्त्रालयले दिएको विवरणअनुसार पीसीआर परीक्षणबाट २१ जनामा कोरोना पुष्टि हुँदा एन्टिजेन परीक्षणमा ३ जनालाई संक्रमण  पुष्टि भएको छ।

२४ घण्टामा पीसीआर ३ हजार २७८ र २ हजार ३०९ एन्टिजेन गरी ५ हजार ५८७ कोराना परीक्षण भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

गत २४ घण्टामा  ५१ जना कोरोनामुक्त भएका छन्। कोरोनाबाट २४ घण्टामा कसैको मृत्यु भएको छैन ।

अहिले देशभर सक्रिय संक्रमितको संख्या ८१२ रहेको छ।

प्रतिक्रिया

सम्बन्धित