नगरकोटबाट ८ लाख नगदसहित १३ जुवाडे पक्राउ

Kauda_1

भक्तपुर । भक्तपुरको चागुँनारायण नगरपालिका -६ नगरकोट गैरीगाउँमा बुधबार बिहान जुवा खेलिरहेका १३ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

स्थानीय ३७ वर्षीय मनबहादुर तामाङले आफ्नै तीनतल्ले घरमा सञ्चालन गरेकोन्यु गन्तव्य रेस्टुरेन्ट एन्ड होटलमा जुवा (कौडा) खेलिरहेका उनीहरूलाईपक्राउ गरेको महानगरीय प्रहरी परिसर भक्तपुरले जनाएको छ ।

सूचना प्राप्त हुनासाथ परिसर भक्तपुरबाट प्रहरी अधिकृतको कमान्डमाखटिएको टोलीले कौडा खेल्ने १३ जनालाई आठ लाख २२ हजार ६० र १६ थान कौडासहितनियन्त्रणमा लिएको परिसरका सूचना अधिकृत राजु पाण्डेले जनाए । उनीहरूमाथिथप अनुसन्धान कार्य भइरहेको जनाइएको छ । 

प्रतिक्रिया

सम्बन्धित