पाँचदलीय गठबन्धन कुहिसकेको छ, अब चाँडै टुट्छः अध्यक्ष ओली

KP_1

भक्तपुर । एमाले अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी ओलीले अहिलेको पाँंचदलीय गठबन्धन कुहिएको गठबन्धन भएको बताएका छन् । यो गठबन्धन कुहिसकेकाले चाँंडैटुट्ने उनले दाबी गरेका छन् ।

‘जसरी फल कुहिनेवित्तिकै झर्दैन र केही समय लाग्छ, यो गठबन्धनको हालतपनि यस्तै भइसक्यो,’ उनले भने, ‘कुहिएको फल छुट्न थालेसँंगै गठबन्धन छुट्नथाल्छ ।’ 

भक्तपुरको सूर्यविनायक नगरपालिका-८ सिपाडोलस्थित शान्ति निकेतन माविकोभवन उद्घाटन तथा हस्तान्तरण कार्यक्रममा बुधबार उनले गठबन्धन किन टुट्छभन्ने विषयमा भने कुनै उल्लेख गरेनन् । तर पनि निर्वाचनमा संयुक्तउम्मेदवारी दिने बेलामा गठबन्धन टुटने उनको आशय थियो ।

ओलीले अबको निर्वाचनपछि विकासको लहर सुरु हुने दाबी पनि गरे । चुनावपछिएमाले विजयी हुने र त्यसपछि शिक्षा, स्वास्थ्य सबैमा विकासको लहर चल्नेउनको भनाइ थियो । 

May be an image of outdoors

विद्यार्थीलाई देशभक्तिबारे अहिलेदेखि नै सिकाउनुपर्ने आवश्यकता रहेकाेउनले औंल्याए । स्थानीय निर्वाचन आउन लागेकाे र सबै घोषणापत्र लिएर आउनेभन्दै उनले अरुको घोषणापत्र हावाको हुने सुनाए । ‘मेरो टेम्पाे उड्यो भने मतपाईलाई जापान उडाइदिन्छु भन्ने प्रकारको अरुको घाेषणापत्र हुन्छ,’ उनलेभने, ‘जबकि न ट्याम्पो उड्छ न त जापान नै जान पाइन्छ ।’

एमालेकाे घोषणापत्र जनतासँंग मिलेर गर्नसक्ने कुराहरू राखेर मात्र बनाइने उनले दाबी गरे ।

May be an image of sky

प्रतिक्रिया

सम्बन्धित