बालकोटको खल्पिटार सहकारीबाट ७ लाख चोरी

thief

भक्तपुर । सूर्यविनायक नगरपालिका–२ बालकोटस्थित खल्पिटार वचत तथा ऋण सहकारी संस्थालिमिटेडबाट नगद ६ लाख ९८ हजार ५ सय १२ रुपैयाँ चोरी भएको छ । 

सहकारीबाट उक्त रकम मंगलबार राति चोरी भएको प्रहरीले जनाएको छ । 

सहकारीको च्यानलगेट फुटाई भित्र दराज तथा सेफमा रहेको नगद चोरी भएको प्रहरीले जानकारी दिएको छ । 

महानगरीय प्रहरी वृत्त ठिमीबाट खटिएको प्रहरीले चोरीमा संलग्न हाल फरारव्यक्तिहरूको खोजी गर्नुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित