प्रचण्डकै जिल्लामा सांसद बस्नेतको चेतावनी, 'राजनीतिक जीवनको अन्तिम टिकट काटिदिन्छौं'

M-basnet

 

चितवन। नेकपा (एमाले) का पोलिट्ब्यूरो सदस्य एवं पूर्वमन्त्री महेश बस्नेतले प्रचण्ड र माधव नेपालको राजनीतिक जीवनको अन्तिम टिकट काटिदिने चेतावनी दिएका छन् । बिहीबार प्रचण्डको गृहजिल्ला पुगेका बस्नेतले भरतपुर विमानस्थलमा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै गठबन्धनलाई धम्क्याउन प्रचण्डले एमालेलाई प्रयोग गर्न खोजेको तर त्यो सजिलो नभएको बताए ।

‘प्रचण्ड र माधव नेपालको राजनीतिक जीवनको अन्तिम यात्राको टिकट काटिदिने भन्ने छ’, उनले भने । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ पिँध नभएको लोटा जस्तै भएको उनले टिप्पणी गरेका छन् ।

छोरीलाई मेयर र बाबुलाई सांसद बनाएर नेपाली कांग्रेस नारायणी नदीमा क्रुजसिप चढ्न खोजेको भनि उनले व्यंग्य गरे । गठबन्धनलाई धम्काउन एमालेलाई प्रयोग गर्न सजिलो नभएको भन्दै उनले चुनावमा बाबु छोरी मिलेर आएपनि साइजमा राख्ने बताए ।

एमालेलाई एक्लै हराउन सकिँदैन भन्ने भएपछि कांग्रेस, माओवादी केन्द्र र नेकपा (एकिकृत समाजवादी) एक ठाउँमा आएको भन्दै उनले त्यहि डरले सत्तागठबन्धन चुनावसम्म जान लागेको बताए । एमालेले एक्लै चुनावमा जाने बताएपनि स्थानीय तहको आवश्यकताका आधारमा अन्य दलसँग पनि तालमेल हुन सक्ने उनले बताए ।

प्रतिक्रिया

सम्बन्धित