लुभुमा कपडा र बुङमतीमा हस्तकला ग्राम बनाउन ललितपुर चेम्बरको माग

Pampha bhusal

ललितपुर । ललितपुर चेम्बर आफ कमर्सले ललितपुरले लुभुमा कपडा र बुङमतीमा हस्तकला ग्राम बनाउन संघीय तथा स्थानीय सरकारसँग माग राखेको छ । 

ललितपुर चेम्बरको दोस्राे साधारण सभामा शुक्रबार अध्यक्ष पुष्परत्नशाक्यले आठबुँदे माग राख्दै कोरोना प्रभावित उद्यमीलाई निकासीजन्यहस्तकलालगायत सरसामानमा प्रोत्साहन अनुदान दिन ललितपुरका व्यवसायीहरूकोसर्टिफिकेट अफ ओरिजिन सिफारिस ललितपुर चेम्बरबाट गर्ने व्यवस्था मिलाउन, निर्यात वस्तुमा जिएसए लागू गर्न, महानगरपालिकाको स्वामित्वमा रहेको पसलकवल तीनवटा चेम्बरको हस्तकला प्रदर्शनीका लागि उपलव्ध गराउन,चेम्बरको भवननिर्माणका लागि जग्गा उपलव्ध गराउनेलगायतका माग राखेका हुन् ।

ऊर्जामन्त्री पम्फा भुसालले संघीय सरकारले सकेको सहयोग गर्ने बताइन् ।उनले भनिन्, ‘ललितपुर महानगरले पनि उद्योगी व्यवसायीहरूलाई आवश्यक सहयोगगर्न सक्ने हुँदा समन्वय गरेर काम गर्नु होला ।’

ऊर्जामन्त्री भुसालले व्यवसायीहरू राजनीतिक दल जस्तो झगडा नगरी मिलेरअघि बढ्नुपर्ने बताइन् । उद्यमी व्यवसायीको काँधमा देशको अर्थतन्त्रलाईकायापलट बनाउने जिम्मेवारी रहेकाले मिलेर अघि बढ्नुपर्ने उनको भनाइ थियो ।मन्त्री भुसालले नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ रचेम्बरजस्ता धेरै संघसंस्थामा उद्योगी व्यवसायी बाँडिएर काम गर्नुभन्दामिलेर अघि बढ्दा फाइदा हुने बताइन् ।

ललितपुर महानगरकी उपमेयर गीता सत्यालले व्यवसायीहरूले उत्पादन गरेकावस्तुहको बिक्री तथा प्रवर्द्धनका लागि बिक्री कक्ष निर्माण गरी उपलव्धगराउने निर्णय भइसकेको बताइन् । उनले भनिन्, ‘कार्यान्वयनका लागि पहल गर्नअघि बढ्नुस् ।’

कार्यक्रममा फोटोपत्रकार अशोक दुलाल र पत्रकार शरद ओझलाई पत्रकारितामा उत्कृष्ट योगदान दिएको भन्दै सम्मान गरिएको थियो । 

प्रतिक्रिया

सम्बन्धित