सिआईबी प्रमुख सिलवाल र लोकमानको कनेक्सन खोतलिँदै

lokeaकाठमाडौं। तत्कालिन अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख लोकमानसिह कार्कीले प्रधान न्यायधीश सुशीला कार्कीदेखि नेता, पत्रकार र ब्यापारीहरुको व्यक्तिगत विवरण लगायतका सुचनाका लागि जासुसी गर्न केन्द्रीय अनुनन्धान ब्युरो (सिआईबी)का प्रमुख डिआईजि नवराज सिलवाललाई खटाउने गरेको खुलेको छ । नेपाल प्रहरीले महङगोमा खरिद गरेको सिईवीले प्रयोग गर्ने विभिन्न व्यक्तिको मोवाईलको कल डिटेल, व्यक्तिको बसाई र आवतजावतको लोकेसनदेखि म्यासेजका विवरण हेर्ने उपकरण डिआईजि सिलवालले लोकमानसँगको कनेक्सनमा अख्तियारलाई दिएका थिए ।

‘प्रधानन्यायाधीशदेखि आलोचक नेता, पत्रकार, कर्मचारीलगायतको व्यक्तिगत विवरण र अन्य जासुसीका लागि खडा गरिएको उक्त अखडामा विरोधीलाई तह लगाउने रणनीतिसम्म तय हुन्थ्यो,’ अख्तियार स्रोतले भन्यो ‘कल डिटेल, व्यक्तिको बसाइ र आवतजावतको लोकेसनदेखि म्यासेजका विवरण हेर्न प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले पाएको उपकरण र सफ्टवेयर डिआईजी सिलवालले अख्तियारमै पु-याइदिएका थिए ।’यसबाट के प्रष्ट हुन्छ भने डिआईजि सिलवाल लोकमानसिह कार्कीको कनेक्सनमा काम गर्ने गरेका थिए ।

कार्कीले विभिन्न व्यक्तिको जासुशी गर्न पनि सिलवाललाई खटाउने गरेको अख्तियार स्रोतले बतायो । पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठदेखि हालका प्रधानन्यायाधीश सुशीला कार्की, अन्य न्यायाधीश र सभासदको जासुसीमा कार्कीले सिलवाल नेतृत्वकै सिआईबीको प्रहरी टोली प्रयोग गरेका थिए । यस विषयमा गत कार्तिक २७ गते कान्तिपुर दैनिकले प्रकाशित गरेको ‘लोकमानको प्रहरी कनेक्सन’मा पनि प्रष्ट रुपमा लेखिएको छ । (विस्तृतको लागि २०७३ कात्तिक २७ गतेको कान्तिपुरको पहिलो पेज हेर्नुहोस्) यसले सिलवाल लोकमानले डिजाईन गरेका काममा विभिन्न राजनीतिक दलका नेता, न्यायधीश, वलिक, नागरिक समाजका अगुवा लगायतका व्यक्तिको जासुशी गर्थे भन्ने पुष्टि भएको छ ।

‘सिआईवीका प्रमुख सिलवालले उनीहरुको गोप्यताको अनुसन्धान गर्ने र त्यसको जानकारी फायल सहित तत्कालिन प्रमुख आयुक्त लोकमानसिह कार्कीलाई पेश गर्ने गर्थे’ सिआईबी उच्च स्रोतले भन्यो । अख्तियार उच्च स्रोतले सिलवाल लोकमानकै डिजाईनमा काम गर्ने गरेको पुष्टि गरेको छ । लोकमानलाई सर्वोच्च अदालतले अयोग्य ठहर गरेर पदबाट वर्खास्त गरेपछि सिलवाल एकाएक राजनीतिक दलका नेता र न्यायधीशहरुसँग सम्वन्ध बढाउन थालेका हुन् ।-

डिजिटल दैनिकबाट 

प्रतिक्रिया

सम्बन्धित