नेपाल बारः घिमिरे नेतृत्वको लोकतान्त्रिक प्रगतिशील प्यानल विजयी

gggggg

काठमाडौं । नेपाल बार एसोसिएसनको अध्यक्षमा बरिष्ठ अधिवक्ता गोपालकृष्ण घिमिरे विजयी भएका छन् । गत शनिबार सम्पन्न निर्वाचनमा घिमिरे नेतृत्वको बृहत् लोकतान्त्रिक प्रगतिशील पेशागत समाबेशी कानुन व्यवसायी समूहको प्यानलले नै जित हात पारेको हो ।

भर्खरै सम्पन्न मतगणनामा घिमिरेले प्रगतिशील तथा पेशागत कानुन व्यवसायी समूहका विष्णुमणि अधिकारीको प्यानललाई पराजित गर्दै घिमिरेको प्यानल नै विजयी भएको हो । मतगणना सम्पन्न भएपछि औपचारिक घोषणा गर्दै निर्वाचन प्रमुख उषा मल्ल पाठकले सबैलाई बधाई समेत दिएकी थिइन् ।

घिमिरेले ४४७४ मत ल्याउँदा अधिकारीले भने २४८२ मत ल्याएका थिए । त्यस्तै उपाध्यक्ष प्रदेश १ मा सुरज खत्रीले ४४२९ मत ल्याएर विजयी भएका छन्  । त्यस्तै अन्य प्रदेश मधेश, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदुरपश्चिम उपाध्यक्षमा क्रमशः सुधिरकुमार कर्ण (४५०५) मत, हर्कबहादुर रावत (४३४७), वीरेन्द्र केसी (४२४८), पशुपति भण्डारी (४०९९), उत्तमप्रसाद आचार्य (४३२०), तुलाराम गिरी (४३३७) र महिला उपाध्यक्षमा आशा राईले ४०४९ मत प्राप्त गरि विजयी भएका छन् ।

त्यस्तै महासचिवमा अञ्जिता खनालले ३६८२ मत ल्याउँदा प्रतिद्वन्द्वी केदारपसाद कोइरालाले २९८९ मत प्राप्त गरेका छन् ।

त्यस्तै कोषाध्यक्षमा भरतबहादुर राउतले ४०३६ मत ल्याए भने दलित सदस्यमा विनीता नेपाली, मधेसी मुस्लिम (उपत्यकाबाहिर) सदस्यमा किरणकुमारी साह, मधेसी मुस्लिम खुलामा नरेशकुमार शाह, आदिवासी जनजाति  उपत्यका बाहिरमा नारायण दास राई, आदिवासी जनजाती खुलामा रुप बहादुर सारु, महिला सदस्य उपत्यका बाहिरमा सीता पौड्याल, महिला सदस्य खुलामा शर्मिला थापा विष्ट र उपत्यका बाहिर सदस्यमा जीतेन्द्रबहादुर मडै विजयी भएका छन् ।

त्यस्तै सदस्य ६ पदका खुला पदमा सन्तोष तिवारी, गुणराज आचार्य, सन्तोषकुमार राउत, निर्भयराज पौडेल, देवीप्रसाद कोइराला, भरत कुमार लकाई विजयी भएका छन् ।

चैत १९ गते काठमाडौं केन्द्रसहित देशभर ३५ स्थानमा बारको मतदान सम्पन्न भएको थियो । बारमा अध्यक्षसहित ११ पदाधिकारी र सदस्य गरी २५ जनाको कार्यसमितिका लागि निर्वाचन भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित