सिके राउतका कार्यकर्ताद्वारा प्रहरी चौकीमा आक्रमण

CK_RAUT_20140914081227काठमाडौं : सिके राउतका कार्यकर्ताले रुपन्देहीको प्रहरी चौकीमा आक्रमण गरेका छन् । रुपन्देहीको वाडबलिया प्रहरी चौकीमा विहान एक्कासी सिके राउतका कार्यकर्ताहरुले आक्रमण गरेपछि प्रहरीले स्थिती नियन्त्रणमा लिनको लागि ४ राउण्ड हवाई फायर र ५ सेल अश्रु ग्यास प्रहार गरेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ ।  झडपको क्रममा प्रहरीको साथमा रहेको एउटा हतियार समेत लुटिएको प्रहरीले जनाएको छ । शनिबार मर्चवार क्षेत्रको मझगावामा सिके राउत कार्यकर्ता र प्रहरीबिच झडप भएको थियो । सो क्रममा प्रहरीले २४ जना राउतका कार्यकर्तालार्इ पक्राउ गरेको थियो । ती मध्ये ३ जनालार्इ विद्यार्थी भनेर प्रहरीले विहान छाडेको थियो । आज विहान भएको आक्रमण विद्यार्थी भनेर अभिभावकको जिम्मा लगाईएका सिके राउतका तिनै कार्यकर्ताले गरेको भेटिएको छ । विभिन्न स्थानमा आगजनी गरेको भन्दै प्रहरीले शनिबार साँझ २४ जनालाई पक्राउ गरेको थियो । उनीहरु मध्ये २१ जनालाई अझै प्रहरी नियन्त्रणमा नै राखिएको छ । उनीहरु मध्ये ३ जनाको परिवारले जिम्मा लिएर लगेको भएपनि उनीहरु निस्कने वित्तिकै प्रहरी चौकीमाथि आक्रमण भएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित