भोलि निर्वाचनको मिति घोषणा हुँदै

काठमाडौं : सरकारले भोलि स्थानीय तहको निर्वाचन घोषणा गर्ने तयारी गरेको छ । चुनावको मिति भने निर्वाचन आयोगसँग परामर्श गरेर तय गरिनेछ । आइतबार विहान बसेको सत्तारुढ कांग्रेस र माओवादीका शीर्ष नेताहरुको बैठकले संविधान संशोधनपछि मात्र चुनाव घोषणा गर्न मधेसी मोर्चाले गरेको आग्रह अस्वीकार गर्दै भोलि नै चुनावको मिति घोषणा गर्ने सहमति भएको बताइएको छ । निर्वाचन आयोगले दुई चरणमा मतदान गर्ने गरी जेठ १ र २१ को मिति प्रस्ताव गरेको छ । तर, यसलाई अगाडि सार्ने तयारी छ । सत्तारुढ कांग्रेसले वैशाखभित्र स्थानीय चुनाव गरिसक्नु पर्ने अडान लिएको छ । बैठकले चुनावको मिति घोषणा अघि मधेसी मोर्चासँग छलफल गर्ने भएको छ । स्थानीय तहबारे मधेसी मोर्चाले जनाएको असन्तुष्टि सम्बोधन गर्ने तयारी स्वरुप छलफल राखिएको हो ।

प्रतिक्रिया

सम्बन्धित