ओखलढुंगामा जिप दुर्घटना हुँदा २ प्रहरीको मृत्यु, ७ घाइते

Accident

ओखलढुंगा । ओखलढुंगामा प्रहरी सवार जीप दुर्घटना हुँदा बुधबार दुईजनाको मृत्यु भएको छ । सात प्रहरी घाइते छन् ।

प्रहरी प्रधान कार्यालयका अनुसार मृत्यु हुनेहरूमा हवल्दार भूपेन्द्र कार्की र जवान मनीष राजवंशी छन् । उनीहरू हतियार मर्मतका लागि ओखलढुंगाबाट विराटनगरतर्फ जान लागेका थिए ।

बा१७च १०९४ नम्बरको जीप मानेभन्ज्याङ गाउँपालिका–६, हर्कपुरमा दुर्घटनामा परेको हो । घाइतेको उद्धारका लागि हेलिकोप्टर घटनास्थलतर्फ गएको कार्यालयले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित