गुनबहादुर भन्छन - नवराज सिलवाल कलियुगका रावण हुन, मलाई जनताले न्याय दिनेमा ढुक्क छु

काठमाडौं । पूर्व डिआइजी नवराज सिलवाल विरुद्ध चुनावी भिडन्तमा उत्रिएका स्वतन्त्र उम्मेदवार गुन बहादुर थापा ‘शम्भु’ ले  फेरी एकपटक न्याय माग्दै आफ्नो उम्मेदवारीबारे धारणा सार्वजनिक गरेका छन् । राजधानीमा आइतबार पत्रकार सम्मेलन गर्दै थापाले सिलवाल कलियुगको रावण भएको आरोप समेत लगाए ।

यो पत्रकार सम्मेलन उनको आठौ पटक हो। थापा नवराज सिलवाल विरुद्ध ललितपुर क्षेत्र नम्बर १ बाट स्वतन्त्र रुपमा शंङ्ख चुनाव चिन्ह लिएर चुनावी मैदानमा छन् । थापा र सिलवालबिचको मिटरव्याज काण्ड सञ्चारमाध्यममा आइसकेको छ ।  सिलवालले आफुमाथी गरेको अन्यायबारे कुरा राख्दै जादा सिलवालले शक्तिको दुरुपयोग गर्दै आफुमाथी आक्रमण गर्न खोजेको थापाको आरोप छ ।

उनले सिलवालविरुद्ध आफु कानुनी लडाई लडीरहेको बताउदै सिलवाल र आफुमाथी निश्पक्ष छानविनको मागसमेत गरे । वर्तमान सरकारले नै सिलवालले प्रहरीमा रहंदा किर्ते गरेको अभियोग लगाएको बताउँदै तत्काल दोषीलाई कार्वाही गर्न सरकार लाग्नुपर्ने उनको माग छ । जनताले आफुलाई जिताउने थापाको दाबी छ । नवराज सिलवाल वाम गठबन्धनबाट सुर्य चुनाव चिन्ह लिएर चुनावी मैदानमा छन भने सिलवालका प्रतिद्धन्द्धीका रुपमा काँग्रेसका उदयशमसेर राणालाई हेरिएको छ । थापाले पनि ललितपुर क्षेत्र नम्बर १ बाट स्वतन्त्र उम्मेदवारी दिएका हुन् । अदालतबाट ८ वर्षपछि निर्दोष सावित नवराज सिलवालले लगाएको झुटा मुद्दामा जेल जीवन विताइरहेका गुनबहादुर थापा निर्दोष सावित भएका थिए । पुर्व डिआइजी सिलवाल र थापाबीचको विवाद आठ वर्ष अगाडिको टुङ्गिएको हो । नेपाल प्रहरीमा आइजीपी नियुक्त प्रक्रियामा सिलवाल विवादमा परेपछि यो मुद्दाको फैसलाले निरन्तरता पाएको थियो । मानव ओसारपसार विरुद्धको मुद्दाका विषयमा अनुसन्धान गर्न नेपाल प्रहरीको केन्द्रीय कार्यालयले नै थापालाई इटहरी झिकाएको थियो । प्रहरीको केन्द्रीय कार्यालयले अनुसन्धानबाट थापा निर्दोष साबित भएका थिए । तर सिलवालले अझै पनि कैदी भनेर आफ्नो चरित्र हत्या गर्न खोजेको थापाको आरोप छ । नेपाल प्रहरीको केन्द्रिय अनुसन्धान व्यूरो (सिआईवी) मा आएपछि सिलवालले नारायणी विकास बैंकका ऋणी रहेका थापालाई बैंकिङ कसुरको झुटो मुद्दा लगाई भिमफेदी कारागारमा १५ महीना जेल जीवन विताएका थिए । बैंकिङ कसुरको झुटो मुद्दामा अदालतबाट सफाइ पाइसकेपछि डिआइजी सिलवालले मानव ओसार पसारमा पवित्रा लिम्बुलाई पक्ष बनाएर अर्को झुटा मुद्दा दायर गरेका थिए । डिआइजी सिलवालले इटहरी–४ कि पवित्रा लिम्बुको नामबाट दर्ता भएको उक्त मुद्दा अहिले आएर प्रहरीले नै झुटो ठहरिएको थियो । पुर्वाञ्चल र हेडक्वाटरले नै गरेको अनुसन्धानका क्रममा पवित्रा लिम्बु नाम गरेको युवती उक्त ठेगानमा नरहेको पुष्टि गरेपछि थापा छुटेका हुन् ।

आफ्नो उम्मेदवारी बारे यसरी गरे गुनबहादुरले व्याख्या

आदरणीय मतदाता साथीहरु, म केबल एउटा व्यक्तिलाई विरोध गर्दै हराउन र अर्कोलाई समर्थन गर्दै जिताउन उम्मेदवार भएको होइन । ललितपुरका तपाई आम मतदाता जो सत्य र न्यायको पक्षमा हुनुहुन्छ त्यो भावनालाई अझै उचाईमा पु-याउन र तपाईको सुख÷दुःखमा साथ दिन स्वतन्त्रबाट उम्मेदवारी दर्ता गर्दै तपाईसामु मत माग्न आएको छु । राजधानी काठमाडौँसँग जोडिएको जिल्ला भएपनि ललितपुर प्रतिनिधी सभा १ नम्बर निकै पछाडि छ । दैनिक जीवनयापनका लागि समेत निकै कष्ट र दुःख गर्नुपर्ने अवस्था छ । शिक्षा, स्वास्थ्य, रोजगार, खानेपानी, बाटो विकास र पाहुँचका दृष्टिले उपयुक्त नभएकाले यसको विकास गर्न एक अभियन्ताको रुपमा म तपाईहरु सामु उभिएको छु । जनताका आय आर्जनलाई शुद्धिकरण गरी आत्मनिर्भर बनाई स्वाबलम्बी नागरिक र समाज निर्माण गर्ने मेरो प्रयास र प्रयत्न हुनेछ ।जबसम्म शिक्षा र स्वास्थ्य राज्यको प्राथमिकतामा पर्दैन तबसम्म तपाई हामीमा धनी र गरिबको बिच खाडल रही रहन्छ । त्यसैले शिक्षा र स्वास्थ्यलाई सबै नागरिकको पहुँचमा पुग्ने र निशुल्क बनाउन मेरो प्रयास र प्रयत्न हुनेछ । तपाईका हरेक सुख–दुःखमा साथ दिन र तपाईको भावनालाई कदर गर्दै मुलुक विकासमा टेवा पु¥याउनु मैले कर्तव्य ठानेको छु । असल मान्छे त्यो हो जसले जनताको भावना बुझ्छ र आत्मसाथ गर्दै कर्तव्यनिष्ठ भई काम गर्छ । म तपाईहरुसँग छातीमा हात राखेर भन्छु, ‘तपाईहरुको सेवा गर्ने मौका पाए भने जनमतलाई अपमान हुन दिने छैन ।’ भ्रष्टाचार विरुद्धको यो मेरो लडाई केबल सिलवाल विरुद्ध मात्र नभई जो कोहीँ भ्रष्टाचारी विरुद्ध हो ।संविधान कार्यान्वयनको चरणमा जनताको भावना र मर्का बुझ्न सक्ने जनप्रतिनिधी भएन भने संविधान कार्यान्वयन त परै जाओस्, विगतमा जस्तै दुःख र पीडा भोग्नुपर्ने हुनसक्छ । एउटा सामान्य किसान परिवारको छोरो, जो कहिल्यै लाभको पदमा पुगेन तर सेवा गर्ने भावले अन्याय र अत्याचार विरुद्ध लड्दै तपाई सामु आइपुगेको छु । मेरो जिम्मेवारी संविधान कार्यान्वयन गर्दै तपाईहरुका चाहना बमोजिम विकास निर्माणमा जुट्नु मेरो पहिलो कार्य हुनेछ । त्यसैले मंसिर २१ गते हुने प्रतिनिधीसभाको निर्वाचनमा तपाईहरुले शंख चिन्हमा मतदान गरी मलाई अत्याधीक बहुमतले विजयी गराई दिनुहुन दश औँला जोडी नमन गर्दछु ।हेर्नुहोस् सिलवाल विरुद्धको प्रमाण

प्रतिक्रिया

सम्बन्धित