आईजीपी नियुक्ति प्रकरणः दुई दिन पछि बहस हुने

काठमाडौं : प्रहरी महानिरीक्षक (आईजीपी)sarbocha नियुक्ति प्रकरणको सर्वोच्च अदालतमा आइतबार हुने भनिएको सुनुवाई मंगलबारसम्मको लागि सरेको छ । डीआईजी जयबहादुर चन्दलाई प्रहरी महानिरीक्षक बनाउने सरकारको निर्णय विरुद्ध परेको रिटमा आइतबार बहस हुन नसकेपछि दुई दिन पछि सारिएको हो । न्यायाधीशद्वय हरिकृष्ण कार्की र ईश्वरप्रसाद खतिवडाको इजलासमा पेशी तोकिएको उक्त मुद्दामा प्रतिवादी चन्दको नाममा म्याद तामेली नै नभएको पाइएपछि सुनुवाइ हुन नसकेको हो । आईजीपी जयबहादुर चन्दलाई नियुक्त गर्ने निर्णयमा अधिवक्ता कपिलदेव ढकालले दर्ता गरेको पुरक निवेदन महान्यायाधिवक्ता कार्यालय र जयबहादुर चन्दलाई नै जानकारी नभएको खुलेपछि सुनुवाई दुई दिनका लागि सारिएको हो । गत साता प्रधानन्यायाधीश सुशीला कार्कीको एकल इजलाशले जयबहादुर चन्दलाई प्रहरी महानिरीक्षकमा नियुक्त गर्ने सरकारी निर्णय तत्काल कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी गरेको थियो । प्रहरी महानिरीक्षक प्रकरणमा अधिवक्ता कपिलदेव ढकाल र डीआईजी नवराज सिलवालले छुट्टाछुट्टै रिट निवेदन दर्ता गराएका थिए । वरीयताक्रममा पहिलो नम्बरमा रहेका नवराज सिलवाललाई पाखा लगाउँदै चन्दलाई आईजीपी बनाउने निर्णय गरेको भन्दै ढकालले रिट दायर गरेका थिए । सर्वोच्चले दुई रिटलाई एक ठाउँमा राखेर सुनुवाई गर्ने आदेश दिएको थियो ।

प्रतिक्रिया

सम्बन्धित