सिलवाल भन्दा चन्द यसकारण उत्कृष्ट , कमाण्ड र तालिममा पनि सिलवाल कमजोर

ilitकाठमाडौं । नेपाल प्रहरीको अाइजीपी बिबाद अब सर्वोच्च  अदालतले टुङ्गो लगाउँदैछ । मन्त्रिपरिषदको बैठकले डिआइजी जयबहादुर चन्दलाई अाइजीपी नियुक्त गरेपछि त्यसको केही घण्टामै प्रहरी आचरण बिपरित डिआइजी नवराज सिलवालले सर्वोच्च अदालतमा उजुरी दिएपछी सर्वोच्चलेले आइजिपी पदमा ‘काम नगराउन’ सरकारलाई अन्तरिम कालिन आदेश दियो ।

   सिलवालले पहिला आफु निकट कानुन व्यवसायीमार्फत उजुरी हाले भने पछि  आँफै आइजिपी बनाउन माग गर्दै निवेदन हालेका थिए । अरुमार्फत निबेदन हालेर उनले काँग्रेस सभापति शेरवहादुर देउवाको मानमर्दन गरिसकेका छन् ।

डिआइजीहरु जय बहादुर चन्द, नवराज सिलवाल, प्रकाश अर्याल  र बमबहादुर भण्डारी एकैदिन प्रहरि निरिक्षकमा सेवा प्रवेश गरेका थिए । अदालतले सरकारको निर्णय बदर नगरे चन्द नै भावि आइजिपी बन्ने छन् । चन्दले विभिन्न तालिम तथा पदकहरुमा सिलवाललाई पछि परेका छन् ।

  प्रहरी निरिक्षकको आधारभूत तालिममा  चन्दले क श्रेणिमा उत्तिर्ण गरेका थिए भने  सिलवालले ख श्रेणिमा उत्तिर्ण गरेका थिए । चन्दले अहिलेसम्म २८ स्थानमा पोस्टिङ पाएका थिए भने सिलवालको पोस्टिङ १८ छ । चन्दले १४ जिल्लामा कमाण्ड सम्हालेका छन् भने सिलवालले भने जिल्ला इन्चार्ज भएर जम्मा ७ जिल्लामा कमाण्ड सम्हालेका छन् ।

 त्यस्तै चन्दले मधेसका भित्रि जिल्ला सहितका स्थानमा ५ पटक सम्म जिल्लाको कमाण्ड सम्हालेका छन् भने सिलवालले मधेसका कुनै पनि जिल्लामा कमाण्ड सम्हालेका छैनन् ।  चन्दले प्रहरीका उत्कृष्ठ सेवा पु-याएको भन्दै १२ पटकसम्म पुरस्कार पाएका थिए । यता सिलवालले भने ५ पटक मात्रै नगद पुररस्कार पाएका छन् । चन्दले २ ग्रेड पाएका छन् भने सिलवालले अहिलेसम्म कुनै ग्रेड पाएका छैनन् ।

 त्यस्तै गरी नेपाल प्रहरीमा एउटा अर्को पदकले ठूलो अर्थ राख्छ । त्यो हो,‘नेपाल प्रहरी पदक’ । चन्दले पहरीमा अरु कसैले नपाएको र प्रहरीमा विरताका लागि मात्रै प्रदान गरिने नेपाल प्रहरी पदक पाएका छन् । बाहिर हेर्दा राम्रा र उत्कृष्ट देखिने सिलवाल भित्री रुपमा मिटर व्याजको कारोबारी रहेको र खराब व्यक्तीसँगको संपर्कका कारण बद्नामा भएका छन् । मिडियामार्फत उनले चन्दको गोयबल्स शैलिमा बद्नाम गरेको आरोप लाग्ने गरेको छ  ।

प्रतिक्रिया

सम्बन्धित