तनहुँ एमालेलाई कांग्रेस कारबाहीमा परेका जोशी सघाउने

Tanahun_

तनहुँ । ३० वैशाखमा तय भएको स्थानीय तहको निर्वाचनमा तनहुँमा नेकपा एमाले रनेपाली कांग्रेसका पूर्वसह-महामन्त्री गोविन्दराज जोशी समूहबीच तालमेल हुनेभएको छ ।

एमाले र जोशी समूहबीच भएको प्रारम्भिक छलफलले तालमेल गरेर जाने सहमति भएको हो । तालमेललाई प्रभावकारी बनाउन चुनावी परिचालन समिति गठन भएकोछ । दुवै पक्षबाट चार-चार जना सदस्य रहने गरेर समिति गठन भएको हो ।

शक्ति सन्तुलन गरेर स्थानीय तहको निर्वाचनमा सहकार्य गर्ने सहमति भएकोएमाले तनहुँका सचिव राजेश्वर ढकालले बताए । ‘प्रारम्भिक छलफलमा सहकार्यगरेर जाने सहमति भएको छ । सहकार्यका लागि दुवै पक्ष सकरात्मक छौँ,' उनलेभने । 

कुन पालिकामा कसले भाग पाउने भनेर भने सहमति भइसकेकाे छैन । पार्टीको प्रभाव, शक्ति सन्तुलन र हैसियतको आधारमा भागबण्डा हुने उनको भनाइ छ । ‘स्थानीय तहको आवश्यकता र औचित्यका आधारमा भागबण्डा हुनेछ,' उनले भने । 

कांग्रेसले सम्मानजनक व्यवहार नगरेका कारण एमालेसँग सहकार्य गरेर अगाडि बढ्न बाध्य भएको जोशीपुत्र दीपराज जोशीको प्रस्टोक्ति छ । ‘कांग्रेसले माओवादीसँग तालमेल गर्न हुने जोशी समूहसँग तालमेल गर्न नहुनेभन्ने के छ र ? बुवालाई नेपाली कांग्रेसको साधारण सदस्य पनि नरहने गरेर पार्टीबाट निकाल्दा खेरी  हामी चुप लागेर बस्ने कुरो त हुँदैन । पेल्नेको पनि सीमा हुन्छ नि कहाँसम्म पेल्ने भनेर,' उनले भने । 

जोशी पुत्र दिपकराजले व्यास नगरपालिकाको मेयरमा उम्मेदवार दिने घोषणा गरेर प्रचार-प्रसारमा लागिरहेका छन् । उनले नेपाली कांग्रेसमा पनि मेयरको आकांक्षीमा नाम टिपाएका थिए । तर, पार्टीले हस्ताक्षर गर्न लगाएको प्रतिबद्धता पत्रमा उनले हस्ताक्षर गर्न अस्वीकार गरेपछि उनको नाम सिफारिस भएको छैन । जोशीले दिएको जानकारी अनुसार हालसम्म व्यासमा जोशी समूहले मेयर लिने र भानुमा एमालेले मेयर लिने सहमति भएको छ । जोशी समूहको पकड व्यास र भानुमा बढी छ । 

कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलको गृह जिल्ला भएकाले यहाँ स्थानीयतहको निर्वाचनमा प्राप्त हुने परिणाम निकै अर्थपूर्ण तरिकाले हेरिन्छ । गठबन्धन गरेर विगतमा भन्दा अझ धेरै स्थानमा जित हासिल गर्न चाहनेले कांग्रेसलाई कारबाहीमा परेका पूर्वसहमहामन्त्री गोविन्दराज जोशी समूह भारीबन्न सक्ने आँकलन भइरहेका बेला एमालेसँग तालमेल हुने सहमतीले तनहुँको राजनीतिक वृत्तमा तरंग पैदा गरेको छ ।

१० साउन २०७६ मा नेपाली कांग्रेसको अनुशासन समितिले पार्टी सदस्य समेतनरहने गरी पाँच वर्षका लागि जोशीलाई कारबाही गरेको थियो । कांग्रेस वरिष्ठनेता पौडेललाई तनहुँ क्षेत्र नम्बर १ मा पराजित गर्न भूमिका खेलेको आरोपमा जोशीलाई कारबाही गरिएको हो ।

जोशीले हालका श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री कृष्णकुमार श्रेष्ठ (किसान) लाई सघाएको आरोप छ । जोशीले यसअगाडि जिल्लाका गाउँगाउँमा पुगेर कार्यकर्ता भेटघाटको क्रममा सम्मानजनक व्यवहार नगरे तनहुँ कांग्रेसलाई सवक सिकाउने चेतावनी दिँदै आइरहेका थिए । 

प्रतिक्रिया

सम्बन्धित