के सर्वसाधरणलाई मात्र लाग्छ नियम ?

thotra-gadiकाठमाडौं : सरकारले फागुन १८ बाट २० वर्ष पुराना गाडी सडकबाट हटाउन लागेको बताए पनि यो नियम भने सर्वसाधरणका लागि मात्र लागु हुने भएको छ । अहिले २० वर्ष नाघेका कालो नम्बर प्लेटका सार्वजनिक सवारी मात्रै हटाउन लागिएको जानकारी यातायात ब्यवस्था विभागले दिएको छ । विभागले तत्काल निजी सवारीलाई २० वर्ष पुगकै आधारमा नहटाइने स्पष्ट गरेको छ । विभागका प्रवक्ता डा. टोकराज पाण्डे बताउँछन् ।२० वर्ष नै पुगेपनि प्रदुषण जाँच पास भएका निजी सवारीलाई तत्काल कवाडीमा लैजान बाध्य नपारिने बताउँछन् । ‘‘तत्काल निजी गाडीको हकमा यो निर्णय लागू हुँदैन । सरकारले २० वर्ष पुगेका निजी गाडी हटाउने निर्णय नै गरेको छैन’ प्रवक्ता पाण्डेले भने–‘२० वर्ष पुराना सवारीको ब्लु–बुक नवीकरण र कर बुझ्न रोकिएको छैन ।’ यसैगरी गरी पहेँलो र र सेतो नम्बर प्लेटका सार्वजनिक संस्थान र सरकारी गाडीलाई पनि रोक्ने कुनै योजना नरहेको विभागले जनाएको छ । अहिले सार्वजनिक संस्थान र सरकारी निकायका धेरै गाडी सडकमा गुड्छन् । यसलाई हटाउने विषयमा सरकारले बोलेको छैन ।

प्रतिक्रिया

सम्बन्धित