मोटरसाइकल चोरी गरी भाग्दै गरेको अवस्थामा दुई जना पक्राउ

Arrest

Arrest

तनहुँ। तनहुँमा मोटरसाइकल चोरी गरी भाग्दै गरेको अवस्थामा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । 

पक्राउ पर्नेमा रुकुम पश्चिम आठबिसकोट नगरपालिका–३ घेत्माका २० वर्षीयनाईजेल ठकुरी र सोही ठाउँ बस्ने १९ वर्षीय खिममान पुन रहेका   छन् । 

शुक्लागण्डकी नगरपालिका–११ साँखे बस्ने ४३ वर्षीय भिम बहादुर थापाकोघरमा पार्किङ गरी राखेको ध १ प ५५९३ नम्बरको मोटरसाइकल चोरी गरी भाग्दैगरेको अवस्थामा उनीहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । 

ईलाका प्रहरी कार्यालय बेलचौतारा तनहुँबाट खटिएको प्रहरीले स्थानीयकोसहयोगमा शुक्लागण्डकी नगरपालिका–८ स्थित पुलचोकबाट उनीहरूलाई मोटरसाइकलसहित पक्राउ गरेको हो । 

प्रतिक्रिया

सम्बन्धित