काठमाडौं मेयरमा कांग्रेस नेतृ सिंह सर्वसम्मत !

Srijana Singh

काठमाडौं । सत्तारुढ गठबन्धनको तर्फबाट काठमाडौं महानगरपालिकाको मेयरमा नेपाली कांग्रेसकी सिर्जना सिंह उम्मेद्वार बन्ने लगभग निश्चित भएको छ ।

देशभरका ६ महानगरमध्ये ३ महानगर पाएको कांग्रेसले काठमाडौंमा सिंहलाई सिफारिस गरेको हो । महानगर कार्यसमितिले आकांक्षीका नाम केन्द्रलाई सिफारिस नगर्दै सिंहलाई उम्मेदवार बनाउन नेताहरु सहमत भएका छन् । मंगलबार बसेको सत्ता गठबन्धनको बैठकमा कांग्रेस नेताहरुले सिंहलाई काठमाडौंमा मेयरको उम्मेदवार उठाउने बताएको माओवादी केन्द्रका एक नेताले जानकारी दिए ।

विधानतः महानगर कार्यसमितिले सिफारिस गरेका नामबाट केन्द्रीय संसदीय समितिले उम्मेदवार छनोट गर्ने व्यवस्था छ । ‘सिर्जना सिंह कांग्रेसको काठमाडौंको मेयर हुने मिडियाबाट सुनेको छु,’ महानगरका कांग्रेस सभापति नीलकाजी शाक्यले भने, ‘नाम कसैको पनि अहिलेसम्म सिफारिस गरेको छैन ।’

नेता प्रकाशमान पत्नी समेत रहेकी सिंहले मेयरको इच्छा राखेपछि अन्य आकांक्षी पछि स्वतफूर्त रुपमा पछि हटेका छन् ।

प्रतिक्रिया

सम्बन्धित