एआईडीआईए र रीकास्टबीच समझदारी पत्रमा हस्ताक्षर

aidiarikकाठमाडौं । काठमाडौं स्थित एसियन इन्ष्टिच्युट फर डिप्लोमेसी एण्ड इन्टरनेशनल अफेयर्स (एआईडीआईए)  र त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धनप्राप्त रिसर्च सेन्टर फर अप्लाइड साइन्स एण्ड टेक्नोलोजी (रीकास्ट) बीच एक समझदारीपत्रमा हस्ताक्षर भएको छ । दुई पक्षीय सम्बन्ध अभिवृद्धिका लागि बिहीबार सहमति पत्रमा हस्ताक्षर गरिएको हो ।

 दुई पक्षबीच भएको सहमतिपत्रमा कृषि, दीगो उर्जा, वातावरण, जलवायु परिवर्तनका क्षेत्रमा प्रचलित कानुनको अधीनमा रहेर दुवै संस्था अध्ययन तथा अनुसन्धान कार्य अघि बढाउने उल्लेख छ ।

 सहमतिपत्रमा रीकास्टका कार्यकारी निर्देशक डा. रामेश्वर कार्की र एआईडीएका कार्यकारी अधिकृत सुनील केसीबीच  हस्ताक्षर सम्पन्न भयो ।

  दुई वर्षका लागि गरिएकोसहमतिको म्याद आवश्यकता अनुसार थप गर्न सकिने जानकारी उक्त अवसरमा दिइयो ।अन्तर्राष्ट्रिय सहयोग अभिवृद्धि र कुशल  अभ्यासका लागि दुवै संगठनले आउँदा दिनमा संयुक्त रुपमा कार्यशाला, सेमिनार र सम्मेलनहरु सञ्चालन गर्नेछन् । हस्ताक्षर कार्यक्रममा डा. अधिकारी र केसीले जुझारु र गतिशील युवा समूहसँग काम गर्ने इच्छा व्यक्त गर्दै सहकार्यको वातावरण बनेकोमा खुसी व्यक्त गर्नुभयो । एआईडीए अन्तर्राष्ट्रिय नीतिबारे विचार व्यक्त गर्ने काठमाडौं स्थितको स्वतन्त्र र गैरराजनीतिक सस्था हो । यसले विश्वभरमा नीति निर्माता, प्राज्ञ र औद्योगिक नेतृत्वकर्ताहरुलाई स्थान दिँदै बहस तथा  छलफल गर्दै आइरहेको छ । यसले समकालीन भू–राजनीति र भू–अर्थशास्त्रबारे अन्तर्राष्ट्रिय समुदायमा आफ्नो मत जाहेर गर्दै आइरहेको छ । रीकास्ट त्रिभुवन विश्वविद्यालय मातहत रहेर विज्ञान र प्रविधि क्षेत्रमाको विकास तथा अध्ययन/अनुसन्धानमा केन्द्रित हुँदै आइरहेको प्राज्ञहरुको संस्था हो ।

प्रतिक्रिया

सम्बन्धित