वडाध्यक्षमा सोम प्रधानको उम्मेदवार: सुशासन र समृद्धिको सुदृढ आधार

som pradhan

भक्तपुर । सरकारले आगामी वैशाख ३० गते स्थानीय निर्वाचनको घोषणा गरिसकेको छ । आसन्न निर्वाचनको लागि देशैभर चुनावी सरगर्मी बढिरहदा साँस्कृतिक महत्वको धनी जिल्ला भक्तपुर जिल्लाको सबै नगरहरुमा पनि चुनावी माहोलले तिव्रता पाएको छ ।

यसैक्रममा चाँगुनारायण नगरपालिका वडा नं २ भित्र कृषि, रोजगारी, स्वास्थ्य, शिक्षा, खानेपानी, सरसफाई,पर्यटन प्रवद्र्धन, सडक निर्माण,सिपमूलक कार्यक्रमहरुमार्फत हरेक नागरिकलाई आत्मनिर्भर बनाउने योजना सहित सोम प्रसाद प्रधानले नेपाली काँग्रेस पार्टीबाट वडाध्यक्षको उम्मेदवारी दिएका छन् ।

वि.सं.२०४७ सालदेखि काठमाडौ,पकनाजोल स्थित पिपल्स क्याम्पस एवं भक्तपुर बहुमुखी क्याम्पस बाट नेविसंघमा आवद्ध भै राजनैतिक यात्रा शुरुवात गरेका सोम प्रसाद प्रधान जिल्ला नेविसंघ भक्तपुरको कोषाध्यक्ष, दुवाकोट पार्टी ईकाई सभापतिमा २ कार्यकाल,पार्टी जिल्ला कमिटि सदस्य तथा स्वास्थ्य विभाग संयोजकको हैसियतमा रहेर पार्टीको निर्देशनअनुसार कुशल नेतृत्वका साथ जिम्मेवारी सम्हालिसकेका छन् ।

विगत लामो समय देखि पूर्णकालिन सामाजिक अभियन्ताको रुपमा सामाजिक क्षेत्रमा सक्रिय प्रधानको सिफारिसले चाँगुनारायण नगरपालिका वडा नं.२ का मतदातामा खुशीयाली छाएको छ । सामाजिक कार्यमा एकाग्र बन्दै क्रियाशिल भएर निरन्तर लागि पर्ने जुझारु नेतृत्वलाई आफ्नो वडाबाट जनप्रतिनिधिको रुपमा उम्मेदवार बनाएकोमा मतदाताहरुले पार्टी प्रति विशेष आभार समेत प्रकट गरेका छन् ।

तत्कालिक दुवाकोट गाविसमा पञ्चायतकालदेखि प्रजातन्त्र प्राप्ती पश्चात झण्डै ३ दशक नेतृत्व गरेकोे परिवारको विचबाट उदाएका सोम प्रसाद प्रधान आफ्नो वडाका जनताको घरदैलो भित्र भएका हरेक समस्यामा पनि पूर्ण परिचित छन् र वडाबासीहरुको हरेक सुख–दःुखमा वडाध्यक्षको उम्मेदवार रहेका प्रधानको आगामी दिनमा निरन्तर साथ सहयोग रहने प्रतिबद्धता रहेको छ ।

०७४ सालको स्थानीय चुनावमा वडा सदस्यमा निर्वाचित भए पश्चात नगरपरिषदभित्र गहकिलो प्रस्तावहरुलाई जोड्दै सो प्रस्तावहरु कार्यन्वयनमा विशेष पहलकदमी लिने लगायत प्रधान विभिन्न संघ संस्थाहरुको समन्वय,सहकार्यमा समग्र वडाको विकास समृद्धिमा विभिन्न योजनाका साथ लागिरहेका छन र लागिरहने प्रण समेत गर्दछन् ।

राजनैतिक गतिविधि भन्दा पनि विशुद्ध सामाजिक अभियानमार्फत समाज रुपान्तरणमा लागेका सोम प्रसाद प्रधानले ६८ औ पटक रक्तदान गरिसकेका छन् र डेढ दशकदेखि नेपाल रेडक्रस दुवाकोट उपशाखाको सभापति देखि ब्लोदान नेपालको सहसचिव, जिल्ला रेडक्रस सोसाईटी सदस्य एवं रक्तसञ्चार संयोजक जस्तो महत्वपूर्ण जिम्मेवारीमा जोडिदै सिंगो देशलाई रगत पुरयाउने महत्वपुर्ण अभियानमा अहोरात्र खटिरहेका छन्,जसको कारण उनी र उनी आवद्ध संस्थाले पटक पटक उत्कृष्टताको सम्मान एवं उपाधी प्राप्त गरेको भक्तपुर रेडक्रसकर्मीहरु बताउँछन् ।

कोभिड १९ को विषम परिस्थितिमा पूरयाएको सेवाप्रति उच्च मूल्यांकन गर्र्दै कोकाकोला एवार्डबाट सम्मानित प्रधानले नेपाल सरकारबाट पूर्ण निषेधाज्ञा जारी गरिरहदा जनताहरु कोहि पनि भोकै बस्न नपरोस भन्ने उद्धेश्य राख्दै आफ्नो ज्यान जोखिममा राखेर वडा बासी लगायत जिल्लाको हरेक कुना कुनामा पुगी दिन रात सडक एवं जनताको घर दैलोमा राहत वितरण, भक्तपुर जिल्ला र बाहिरबाट आई बसोबास गर्ने दैनिक सयौं श्रमिक मजदुर लगायतका नागरिकहरुलाई खाना खुवाउने प्रबन्धको व्यवस्थापन,उपत्यका बाहिरका जनताहरुलाई यातयातको व्यवस्थापन गरि आ–आफ्नो घर पठाउन, भुकम्प,बाढीपिडित लगायत विभिन्न विपदमा रहेकालाई गरिएको उद्धार कार्य,निरन्तर रक्तदान एवं निःशुल्क स्वास्थ्य शिविरका कार्यक्रमहरु सञ्चालन,समग्र भक्तपुरको विकास निर्माणमा जोडिएर विभिन्न निकायबाट आएका बजेटहरु कार्यन्वयनमा पैरवी र सम्बन्धित निकायहरुको ध्यानाकर्षण जस्ता विषयहरुमा खेलेको अग्रणी भूमिकाले स्थानीय बासीहरुको मनमस्तिष्कमा राम्रै सँग बस्न सफल भएका छन् सोम प्रसाद प्रधान ।

झण्डै २ दशक भन्दा अघि देखि फैढोका खानेपानी तथा सरसफाई उपभोक्ता समिति मार्फत वडा नं.२ को अधिकांश घरहरुमा खानेपानी वितरण र समग्र वडा सरसफाईको लागि खेलेको अग्रणी भूमिका अत्यन्तै सहरानिय रहेको छ ।

जनप्रतिनिधिविहिन अवस्थाका विच वडा नागरिक मञ्चको नेतृत्वमा निर्वाचित भएर सोम प्रधानले भुकम्प पीडितहरुको पहिचान,उद्धार,आवास निर्माण हेतु पूरयाएको योगदान अनुकरणीय रहेको छ । त्यसैगरि नेपाल ईन्जीयिरिङ्ग कलेजलाई दुवाकोट भित्र स्थापित गराइ समग्र चाँगु नगरबासीहरुको पहँुच र नगर भित्रबाट ईन्जीयिरिङ्ग अध्ययन गर्न चाहानेहरुको सन्र्दभमा निःशूल्क अध्ययनको लागि निश्चित कोटा निर्धारण गर्ने लगायत यस भित्र देखिएका वेथिति तथा कलेजको स्तरोन्नती एवं गुणस्तर हेतु खेलेको योगदान प्रशंसनीय रहेको छ ।

पातञ्जल योग समिति नेपालको संस्थापक केन्द्रीय सदस्यमा आवद्धता जनाउँदै आफ्नो वडा भित्र योग जागरण अभियान सञ्चालन, बालमैत्री वडा घोषणा गर्न खेलेको भूमिका, दलित, युवा, जेष्ठ नागरिक,महिला लक्षित कार्यक्रमहरु लगायत सञ्चालन, लायन्स क्लब अफ काठमाडौ दुवाकोट सिटीको संस्थापक अध्यक्ष,स्वस्थ जनचेतना समाज दुवाकोटका संस्थापक महासचिव, श्री आधारभुत गणेश विद्यालय व्यवस्थापन समितिको अध्यक्षको भुमिकामा रहि नमुना सामुदायिक विद्यालय बनाउन तर्फ तदारुकताका साथ योजना बनाई क्रियाशिल,सहकारी अभियन्ता, अनाथ बाबालिका संरक्षणको लागि भवन निर्माण हेतु निःशुल्क १ रोपनी जग्गा दान लगायत दर्जनौ सामाजिक संघ संस्थाहरु मार्फत उल्लेख्य योगदान गरेको व्यक्तित्वलाई वडाध्यक्षमा पाईरहदा वडामा आमुल परिवर्तन हुन सक्छ भन्ने बारेमा चाँगुनारायण वडा नं.२ बासीहरु विश्वस्त रहेका छन् भने विपक्षी राजनैतिक दलहरु भने स्पष्टवक्ता एवं प्रखर युवा प्रधानको उम्मेदवारी सँगै हच्कीएको देखिन्छ ।

०६२÷०६३ जनआन्दोलनमा घाईते समेत भएका जुझारु यूवा नेतृत्व सोम प्रसाद प्रधानको पार्टीबाट निर्देशित गरेका हरेक अभियानमा अनुशासित पूर्वक कुशल नेतृत्वका साथ क्रियाशिल भएर हरेक आन्दोलनका मोर्चाहरुमा अग्रणी भुमिका रहयो । सुशासन र समृद्धिको सुदृढ आधार तयार पार्ने दृढ अठोटका साथ अध्यक्षको उम्मेदवारी दर्ता गरेका प्रधानले दलिय गठबन्धन भित्र वडाध्यक्षको उम्मेदवारीमा आफ्नै नेतृत्व सर्वसम्मत हुनेमा पुर्ण विश्वस्त रहेको बताँउछन र सहयोगको लागि गठबन्धनमा आवद्ध दललाई आग्रह समेत गरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित