नमोबुद्धका मेयर दाबेदार पाण्डेमाथि उम्मेदवार लामाले गरे सांघातिक आक्रमण

rroshan pandey

काठमाडौं । काभ्रेको नमोबुद्ध नगरपालिका मेयरको टिकट सम्बन्धी विवाद हुँदा मेयरका दाबेदार रोशन पाण्डे कुटिएका छन् ।

उनीमाथि कांग्रेसका क्षेत्रीय सभापति तथा मेयरका उम्मेदवार कुन्साङ लामाले आक्रमण गरेका हुन् ।

आक्रमणबाट पाण्डेको शरीरको विभिन्न ठाउँमा चोट लागेको छ ।

बनेपामा भएको सो घटनापछि घाइते पाण्डेलाई शिर मेमोरियल अस्पतालमा उपचारार्थ भर्ना गरिएको छ ।

काभ्रे कांग्रेसमा पत्रकार समेत रहेका पाण्डे गणेश लामा पक्षधर हुन भने उनीमाथि कुटपिट गर्ने मेयर उम्मेदवार कुन्साङ लामा तीर्थ लामा पक्षधर हुन् ।

प्रतिक्रिया

सम्बन्धित