घट्यो सुनचाँदीको मूल्य

Gold
काठमाडौं ।
सोमबार नेपाली बजारमा सुनको मूल्य घटेको छ । हिजो आइतबार प्रतितोला एक लाख ५०० रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज सोमबार प्रतितोला एक लाख २०० रुपैयाँमा कारोबार हुने सुनचाँदी व्यवसाय महासङ्घले जनाएको छ ।

हिजो आइतबारको तुलनामा आज सोमबार सुनको मूल्य प्रतितोला २०० रुपैयाँले घटेको हो । महासङ्घका अनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला ९९ हजार ७०० रुपैयाँ रहेको छ ।

यस्तै चाँदीको मूल्य पनि घटेको छ । हिजो आइतबार प्रतितोला १ हजार ३६० रुपैयाँमा कारोबार भएको चाँदी आज १० रुपैयाँले घटेर प्रतितोला १ हाजार ३५० रुपैयाँमा कारोबार हुने महासङ्घले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित