गौचन हत्याका मुख्य योजनाकार समिरमान सिंह बस्नेत पक्राउ 

काठमाडौं। प्रहरीको केन्द्रिय अनुसन्धान ब्युरो (सिअाईबी)ले नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष शरदकुमार गौचन हत्याका मुख्य योजनाकार समिरमान सिंह बस्नेतलाई भारतबाट पक्राउ गरेको छ। असोज २३ गते शान्तिनगरस्थित घरबाट निस्केका गौचनलाई दिउँसो पौने ३ बजे मोटरसाइकलमा आएका दुई युवाले गाडीभित्रै गोली हानेका थिए।

बस्नेतको आपराधिक समूहले सबै निर्माण व्यवसायीबाट फिरौती रकम उठाएर आफूलाई बुझाउन दिएको धम्कीयुक्त आदेश नमानेपछि उनीमाथि गोली प्रहार भएको प्रहरीले निष्कर्ष निकालेको थियो । घटनाको छानबिनका लागि डिआइजी गणेश केसीको संयोजकत्वमा छानबिन समिति गठन भएको थियो । समितिले यसअघि गौचनको हत्यामा संलग्न  सात जना पक्राउ गरिसकेको छ।

पक्राउ पर्नेमा मुख्य सुटर नुवाकोटका राजीव लामा स्याङ्तान, पर्साका शिवजी महतो, भारत विहारका मुकेश पाण्डे, चितवनका सन्तोष गुरुङ, नागार्जुनका प्रकाश बुढाथोकी, ताप्लेजुङका वसन्त थेबे र पाँचथरका धनराज योङहाङ थिए।

समिरमान सिंह बस्नेत बाफल क्षेत्रलाई केन्द्र बनाएर फिरौती र असुली धन्दामा सक्रिय लामो समयदेखि कुमार घैंटेको नजिक रहेर गुन्डागर्दीमा संलग्न रहंदै आएका थिए ।  घैंटे र गौचनबीचको आर्थिक लेनदेनको घटनाबारे समीर जानकार थिए। बर्ष अघी घैंटेको प्रहरी इन्काउनटरमा मृत्‍यु भएको थियो  । त्यसपछि बस्नेत भागेर भारतमा लुकेर बस्दै आएका थिए।

प्रतिक्रिया

सम्बन्धित