एमाले भक्तपुरले चारै पालिकाको प्रमुख र उपप्रमुखको उम्मेदवार टुंग्यायो

CPN-UML-Nepal-1024x576-1
भक्तपुर –
नेकपा एमाले भक्तपुरले आसन्न स्थानीय तह निर्वाचनमा नगर प्रमुख तथा उपप्रमुखको उम्मेदवारी सूर्यविनायक र मध्यपुरथिमि नगरपालिकाको प्रमुखमा पुरानै उम्मेदवारलाई दोहोर्‍याउँदै टुंग्याएको छ ।

३० वैशाखमा हुने स्थानीय तहको निर्वाचनका लागि एमालेले भक्तपुर नगरपालिका, सूर्यविनायक नगरपालिका, चाँगुनारायण नगरपालिका र मध्यपुर थिमि नगरपालिकाका प्रमुख र उपप्रमुखको नाम टुंग्याएको हो ।
एमालेले सूर्यविनायक र मध्यपुरथिमि नगरपालिकाको प्रमुखमा पुरानै उम्मेदवारलाई दोहोर्‍याएको छ । सूर्यविनायक नगरपालिकाको प्रमुखमा पुनः वासुदेव थापालाई उठाएको छ भने उप प्रमुखमा सरिता भट्टराईलाई उम्मेदवार बनाउने निर्णय गरेको छ ।

मध्यपुर थिमि नगरपालिकाको प्रमुखमा एमालेले पुरानै उम्मेदवारलाई मदनसुन्दर श्रेष्ठलाई पुन दोहोर्‍याउने निर्णय गरेको छ भने उपप्रमुखमा उत्तरा नेपाललाई उम्मेदवार बनाउने निर्णय गरेको छ ।

चाँगुनारायण नगरपालिकामा भने पाँच वर्ष उपप्रमुखको जिम्मेवारी सम्हालेकी विना बास्तोलालाई प्रमुखको उम्मेदवार बनाउने एमालेले निर्णय गरेको छ भने उपप्रमुखमा रमेश बुढाथोकीलाई उम्मेदवार बनाउने निर्णय गरेको छ ।

भक्तपुर नगरपालिकामा एमालेले नगर प्रमुखमा रवीन्द्र लाछिमस्यु र उपमेयरमा रञ्जना चापागाईँ खर्बुजालाई उम्मेदवार बनाउने निर्णय गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित