स्थानीय तहको निर्वाचन : आज उम्मेदवारविरूद्ध दाबीविरोधको उजुरी दिन पाइने
काठमाडौँ । स्थानीय तह निर्वाचनमा उम्मेदवारी दर्ता गर्नेहरूविरुद्ध आज दाबी र विरोधको उजुरी दिन पाइने भएको छ। उजुरी दिन भने निर्वाचन अधिकृतको कार्यालय जानुपर्नेछ।
निर्वाचन आयोगले तोकेको योग्यता पूरा नभएकाहरूविरुद्ध उजुरी दिन पाइन्छ। तर, आयोगले उम्मेदवारहरूको नामावली नै रुजु गरिसकेको छैन। तैपनि, आजै उजुरी दिने समय पनि आयोगले यसअघि नै तोकेको हो। आयोगले प्राप्त उजुरीमाथि जाँझबुझ भने १४ र १५ वैशाखमा गर्नेछ।
जाँझबुझपछि उम्मेदवारहरूको नामावली प्रकाशन हुनेछ। १६ वैशाखमा भने उम्मेदवारी फिर्ता लिने र सोही दिन अन्तिम नामावली प्रकाशन हुने आयोगले जनाएको छ। १७ वैशाखमा उम्मेदवार बनेकाहरूले निर्वाचन चिह्न प्राप्त गर्नेछन्।
प्रतिक्रिया