महानगरमै ४ जना वडा सदस्य निर्विरोध, एमालेका ३ र कांग्रेसका १ निर्वाचित

Local_Mynews

काठमाडौं । काठमाडौँ महानगरमा ४ जना वडा सदस्य निर्विरोध निर्वाचित भएका छन् ।

स्थानीय तह सदस्य निर्वाचन कार्यक्रमअन्तर्गत बैशाख ११ र १२ गते भएको मनोनयन दर्ताका क्रममा वडा १८, २२, २३ र २७ गरी ४ वटा वडाबाट दलित महिला सदस्य पदमा १/१ जनाको मात्र उम्मेदवारी परेकोले उनीहरु निर्विरोध भएको मुख्य निर्वाचन अधिकृत राजुकुमार खतिवडाले जानकारी दिए । 

यसरी निर्वाचित हुनेमा वडा १८ की अम्बिका सुनार, २२ की गीता परियार, २३ की कञ्चना नेपाली (हरिजन) र २७ की प्रभा परियार छन् । वडा १८, २२ र २७ मा नेकपा एमालेबाट मात्र उम्मेद्वारी परेको थियो भने वडा २३ वाट नेपाली कांग्रेसबाट मात्र उम्मेद्वारी परेको थियो । 
 

प्रतिक्रिया

सम्बन्धित