सगुनमा लगानीकर्ता झुम्मिए, ७२ घण्टामा नै उठ्यो १ मिलियन डलर

sagonnकाठमाडौं । अमेरिकामा नेपालीले स्थापना गरेको आइटी स्टार्ट अप कम्पनी सगुनले निस्कासन गरेको मिनी आइपिओमा  उत्साहजनक लगानी देखिएको छ । नेपालबाट लगानी गर्न नपाए पनि बिश्वभरबाट १ हजारभन्दा बढी सर्वसाधारणले १० लाख डलर (करिव १० करोड रुपैया ) भन्दा बढी ७२ घण्टामा नै लगानी गरिसकेको सगुनले जनाएको छ ।एउटा स्टार्ट अप कम्पनीले सेयर निस्कासन गरेको यति छोटो समयमा नै यति धेरै आवेदन परेकाले हामी निकै उत्साहित भएको बताएका छन् ।

 सगुनको इन्भेष्ट पेजमा गएर फर्म भर्न र बैकमा पुगेर ट्रान्फर गर्न समेत समय लाग्ने हुनाले कतिपय लगानीकर्ताहरु लगानीको प्रोसेसमा नै रहिरहेको जानकारी दिए । उनले खासगरी अमेरिका,  क्यानडा,  अष्ट्रेलिया, कोरिया र एशियाली मुलुकबाट लगानीकर्ताको उत्साहनजनक सहभागिता देखिएको सगुनका एक अधिकारीले बताए ।

 केहीदिन अघि सगुनले मिनी आइपीओमार्फत बिश्व बजारमा २ करोड डलरको सेयर निस्कासन गरेको छ । हरेक ब्यक्तिले २३ डलर प्रतिकित्ताका दरले कम्तीमा १३ कित्ता सेयर किन्नु पर्छ । यस हिसाबले कम्तीमा २९९ डलर लगानी गर्नुपर्ने हुन्छ ।  यो भन्दा बढी लगानीकर्तालाईले मागेजति सेयर खरिद गर्न पनि सक्नेछन् । सगुनलाई अमेरिकी नियामक सेक्युरिटी एक्स्चेन्ज कमिसन (एसइसी)ले केही दिन अघि मिनी आइपिओ जारी गर्न अनुमति दिएको थियो ।

 मिनी आइपिओसगै दैनिक सयौको संख्यामा हेल्प सेन्टरमा लगानीबारेमा चासो गर्नेहरु रहेको छन । सेयरको ग्लोबल मार्केटमा नेपालीले स्थापना गरेको सगुनमा प्रवासमा रहेका नेपालीले लगानी गर्न पाउनु राम्रो अबसर पनि हो । त्यसमा पनि सगुनले मिनी आइपिओ निस्कासन गरेपछि जुट्ने रकमले नेपालमा अनुसन्धान र विकासका क्षेत्रमा लगानी भित्र्याउने घोषणा सगुनले यसअघि नै गरिसकेको छ ।

  मिनी आइपिओ सगुनले भर्खरै अमेरिकाको जब्स एक्ट अनुसार अमेरिकामा निस्कासन गर्ने अनुमति पाएको हो । मिनी आइपीओ भोली राम्रो प्रगति गर्ने सम्भावना भएका कम्पनीलाई विकासको चरणमा आवश्यक पर्ने रकम जुटाउन सेयर निस्कासन गर्न दिइने अनुमति हो । यसमा थोरै आम्दानी भएका ब्यक्तिहरुले समेत लगानी गर्ने अबसर पाउँछन् । कसरी गर्ने लगानी ? सगुन डटकम इन्भेस्टमा त्यहाँ दिइएको फर्म भरेर लगानी गर्न सकिन्छ । फर्म भरिसकेपछि प्राप्त मेल अनुसार आफ्नो खाता भएको बैकमा गएर लगानी गर्न सकिन्छ । अमेरिकामा रहेकाहरुले विद्युतीय माध्यमबाट रकम तिर्न सक्नेछन् । त्यसका लागि बैंक खाता नम्बर र बैंकको राउटिङ नम्बर आवश्यक पर्छ । उनीहरुले चेकबाट पनि रकम तिर्न सक्नेछन् ।

कहाँबाट गर्न सकिन्छ लगानी ? सगुनको आइपिओमा नेपालबाट भने लगानी गर्न सकिन्न । नेपालको कानुनले विदेशमा लगानी गर्न कानुन खुल्ला गरिसकेको छैन् । संसारका अन्य अधिकांश मुलुकबाट मिनी आइपिओमा लगानी गर्न सकिन्छ । तोकिएको कित्ता बराबरको आवेदन जम्मा भएपछि सेयर निस्कासन बन्द हुन्छ । सुरुमा फर्म भरेर सेयर माग्नेले मागे जति सेयर प्राप्त गर्न सक्नेछन् ।

प्रतिक्रिया

सम्बन्धित