कर्जा चुक्ता गरिसक्दा पनि डिआइजी सिलवालसँगको दुश्मनीले गुनवहादुरको जेलमा बास

gunrकाठमाडौं।नेपाल प्रहरीका डिआइजी तथा सिआइबी प्रमुख नवराज सिलवाल र गुनवहादुर थापा (शम्भु) बीचको लडाईं ६ बर्ष पुरानो हो।   सिलवालमाथि लागेको मिटर ब्याज काण्ड यतिबेला चर्चामा छ ।

 त्यही मिटर ब्याज  काण्ड दबाउन र आफुलाई चोखो साबित गर्न  नारायणी डेभलपमेन्ट बैंकको कर्जा प्रकरणमा गुनबहादुर थापामाथि सिलवालले बैंकिङ कसुर लगाएर फसाएको भन्दै थापाका छोरा सागर थापाले राज्यका बिभिन्न निकाय गुहारे तर कतै बाट पनि न्याय नपाएपछी उनी सर्बोच्च अदालतको शरणमा पुगेका छन् ।

   थापाले व्यवसायको लागि बैंकबाट कर्जा लिए पनि नियमसंगत रुपमा सबै कर्जा चुक्ता गरिसकेको अवस्थामा पनि सीआईबीले योजनाबद्ध रुपमा थापालाई जेल हाल्ने काम गरेको आफन्तहरुले बताएका छन् । अहिले यो मुद्दा पनि सर्बोच्चमा अाइसकेको छ । तर, सधैं पेशी पर्छ प्रधानन्यायधिस सुशिला कार्कीको बेन्चमा । नारायणी बिकास बैँकको कर्जा प्रकरणमा संचालकहरु सबै अदालतबाट छुटिसकेका छन्  ।

  गुनवहादुर  नारायणी डेभलपमेन्ट बैंकका कुनै कर्मचारी होइनन उनी कर्जा लिने व्यक्ती मात्र हुन ।  तर, लिएको कर्जा चुक्ता गरिसक्दा पनि थापाले भने जेलकै बास बस्नु परेको छ । घटना लुकाउन  डिआईजी सिलवालले मिटर व्याजमा ५ सय प्रतिशसम्म ब्याज लिएर ठगी गरे पछि नक्कली मुद्दा बनाएर जेल पठाएको भन्दै पीडित थापाका छोरा सागरले सोमबार सर्वोच्चमा रिट दायर गरेका थिए ।

 तर उक्त रिटको आज सनुवाई हुनुपर्नेमा कार्कीले स्थगित गरेकी छन् । सिलवालले दर्ता गराएको र सिलवालका पक्षमा अधिवक्ता कपिलदेव ढकालले दर्ता गरेको रिट भने कार्कीले भोलीपल्टै दर्ता सुनुवाई गरेर आदेश गराएकी थिइन । यो घटनामा प्रधानन्यायधीश कार्की कुनैको पनि पक्ष/ विपक्ष लिन नहुने न्यायधीशको न्युनतम मापदण्डमा नराम्रोसँग चुकेकी छन् ।

प्रतिक्रिया

सम्बन्धित