इँटा भट्टामा जलाएर हत्या आरोपमा आलमलाई जेलमै राख्न सर्वोच्चको आदेश

Aftab aalam

काठमाडौं । सर्वाेच्च अदालतले निलम्बित सांसद मोहम्मद अफ्ताव आलमलाई थुनामुक्त गर्न आदेश दिन अस्वीकार गरेको छ । 

व्यक्ति हत्याको अभियोगमा पुर्पक्षका लागि थुनामा राख्ने जिल्ला अदालत रौतहटको आदेशविरुद्ध आलमले दायर गरेको रिटमाथि शुक्रबार सुनुवाइ गर्दै सर्वाेच्च अदालतले उनलाई थुनामुक्त गर्न आदेश दिन अस्वीकार गरेको हो । 

सर्वोच्च अदालतका न्यायाधीशद्वय सुष्मलता माथेमा र नहकुल सुवेदीको संयुक्त इजलासले आलमको रिहाइको आदेश दिन अस्वीकार गरेको हो । 

जिल्ला अदालतको आदेशलाई उच्च अदालत जनकपुरको वीरगन्ज अस्थायी इजलासले पनि जिल्ला अदालतको पुर्पक्षका लागि थुनामा राख्न दिएको आदेश सदर गरेपछिआलम सर्वाेच्च पुगेका हुन् । 

आफूलाई साधारण तारेखमा छाडेर बाहिर बसेर कानुनी लडाइँ लड्ने वातावरण बनाउन आफूलाई थुनामुक्त गर्न आदेश माग गर्दै आलमले सर्वाेच्च अदालत पुगेकाथिए ।  तर, सर्वाेच्च अदालतले पनि उनलाई थुनामुक्त गर्न आदेश दिएन । 

पहिलो संविधानसभा सदस्य निर्वाचनका बेला २७ चैत २०६४मा रौतहटको राजपुरमा बम बनाउने क्रममा भएको विस्फोटमा परेर घाइते भएकाले इँटा भट्टामा जलाएरहत्या गरेको आरोपमा आलमलाई असोज २०७६ मा पक्राउ गरिएको थियो । 

रौतहट क्षेत्र नम्बर २ बाट निर्वाचित सांसद समेत रहेका आमललाई २९ कात्तिक २०७६ मा जिल्ला अदालत रौतहटले पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको थियो । 

 

प्रतिक्रिया

सम्बन्धित