नेपाल र जिम्बाबे ‘ए’ बीचको निर्णायक खेल आज

Nepal_Zimbabe

काठमाडौं । राजधानीमा जारी नेपाल र जिम्बावे ‘ए्’ बीच जारी एकदिवसीय अभ्यास सिरिजको अन्तिम खेल आज हुँदैछ । अहिलेसम्म सम्पन्न २ खेलमा दुवै टिमले १÷१ जित हात पारेको सिरिजमा आज निर्णायक खेल हुने भएको हो ।

कीर्तिपुरस्थित टीयू क्रिकेट मैदानमा आज बिहान साढे ९ बजेबाट खेल सुरु हुनेछ। पहिलो खेलमा जिम्बावेले ३ विकेटको जित निकालेको थियो भने दोस्रो खेलमा नेपालले ९ विकेटले जित निकालेको थियो।

यसअघिको टी २० सिरिज बराबरीमा रोकिएको थियो। जसमा दुबै टोलीले समान १र१ खेल जितेका थिए भने एउटा खेल वर्षादले रद्द भएको थियो। नेपाली टोली आईसीसी क्रिकेट विश्वकप लिग २ को तयारीमा अभ्यास खेल खेलिरहेको छ।

प्रतिक्रिया

सम्बन्धित