सीईओ पोखरेललाई काम गर्न नरोक्नु : सर्वोच्च

sarbochaकाठमाडौं : सर्वोच्च अदालतले राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका कार्यकारी अधिकृत डा. गोविन्दराज पोखरेललाई काम गर्न नरोक्न आदेश दिएको छ । पोखरेलको नियुक्तिविरुद्ध तत्कालीन सीईओ सुशील ज्ञवालीले सर्वोच्चमा दायर गरेको रिटमा पोखरेललाई काम गर्न रोक नलगाउनु भनेको छ । न्यायाधीश जगदीश शर्मा पौडेल र हरिकृष्ण कार्कीको इजलासले ज्ञवालीले माग गरे अनुसार डा. पोखरेललाई काम गर्न रोक लगाउनु पर्ने कुनै कारण नभएको जनाएको छ । तर, रिटलाई अग्राधिकार दिन अर्थात प्राथमिकतामा राख्न भनेको सर्वोच्चले जनाएको छ । अब यो मुद्दाको अन्तिम टुंगो नलागेसम्म पोखरेल नै प्राधिकरणको सीईओ हुनेछन् ।

प्रतिक्रिया

सम्बन्धित