तुलसीपुर–१७ मा आज उम्मेदवारी दर्ता, जेठ ३ मा निर्वाचन हुने

tulsipur

 

दाङ । तुलसीपुर उपमहानगरपालिका वडा नं १७ मा आज उम्मेदवा मनोनयन हुँदैछ । नेकपा (एमाले)को तर्फबाट वडाध्यक्षका उम्मेदवार लबरु चौधरीको मृत्यु भएपछि एमालेबाटै अर्को उम्मेदवार मनोनयका लागि आजको समय तोकिएको हो ।

मनोनयनका लागि बुधबार बिहान १० देखि १ बजेसम्म मनोनयन दर्ताको समय निर्धारण गरिएको तुलसीपुर उपमहानगरपालिकाका निर्वाचन अधिकृत रामेश्वर अर्यालले बताए ।

बिहीबार बेलुका ५ बजेसम्म उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गरिने भएको छ । वडा नं १७ को हकमा वैशाख ३१ गतेदेखि मौन अवधि सुरु हुने छ भने वैशाख ३१ गते मध्यरातिसम्म प्रचार प्रसार गर्न पाइने छ । त्यसपछि मौन अवधि सुरु हुनेछ ।

त्यस्तै जेठ ३ गते मतदानको समय तोकिएको छ । १७ नम्बरबाहेक अन्य ठाउँमा भने ३० गते नै मतदान हुने भएको छ । कलेजो, मिर्गौला रोगका कारण चौधरीको मृत्यु भएको हो । वडा नं १७ को निर्वाचन भएपछि मात्रै तुलसीपुरमा मतगणना हुने भएको छ ।

प्रतिक्रिया

सम्बन्धित