डा. दिनेशचन्द्र पोखरेल निमित्त प्रहरी प्रमुख, डिआइजी सिलवाल चुके

polकाठमाडौं । सरकारले प्राविधिक तर्फका एआईजी डा. दिनेशचन्द्र पोखरेललाई निमित्त प्रहरी प्रमुखको जिम्मेवारी दिएको छ । मन्त्रिपरिषद्को  बैठकले, प्रहरी नियमावली संशोधन गर्दै  एआईजी डा. पोखरेललाई निमित्त प्रमुखको जिम्मेवारी दिएको हो । सरकारले आइतबार नै डीआईजी जयबहादुर चन्दलाई प्रहरी महानिरीक्षकमा बढुवा गरेको थियो । तर, सर्वोच्चले यो निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश दियो ।

  अाइजिपी उपेन्द्रकान्त अर्यालले पनि सोमबार साँझ अवकास पाएका छन् ।वरियताका आधारमा बढी अंक ल्याउने मुनिको प्रहरी अधिकृतलाई कायममुकायम तोक्नुपर्नेमा डिआइजी नवराज सिलवाल सरकारबिरुद्द अदालतमा गएका कारण उनी   कार्यवाहक आइजिपी बन्न मिलेन ।

 जसका कारण मन्त्रिपरिषदले नियमावली नै संशोधन गरी पोखरेललाई निमित्त प्रमुखको जिम्मेवारी दिएको हो। सिलवालले भने आफु नै निमित्त अाइजिपी बन्ने भन्दै सामाजिक सन्जालमा हल्ला फैलाएका थिए ।

प्रतिक्रिया

सम्बन्धित