देशभर १६ जना संक्रमणमुक्त हुँदा थप २१ मा कोरोना पुष्टी

Corona_Test

काठमाडौं । नेपालमा गत २४ घन्टामा २१ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार देशभर गरिएको ३७८८ जनाको नमूना परिक्षणमा उक्त संख्यामा कोरोना पुष्टी भएको हो ।

मन्त्रालयका अनुसार गत २४ घन्टामा १६ जनाले कोरोनाविरुद्ध जित हात पारेका छन् भने कसैले पनि कोरोनाकै कारण ज्यान गुमाउनु परेको छैन ।

मन्त्रालयका अनुसार गत २४ घन्टामा देशभर ११ हजार ५ जनाले कोरोनाविरुद्धको खोप लगाएका थिए । नेपालमा अहिलेको अवस्थामा १८७ जना सक्रिय संक्रमित रहेको पनि मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित