सांसद अधिकारीले मागे अर्थमन्त्री शर्माको राजीनामा

Khagaraj

काठमाडौं । प्रमुख प्रतिपक्षी दल एमालेका सांसद खगराज अधिकारीले आफूले बर्खास्तगरेका गभर्नर पुनर्बहाली भएर आउँदा अर्थमन्त्री जनार्दन शर्माले राजीनामानदिएर कस्तो सुशासन कायम गर्न खोजेको भन्दै प्रश्न गरेका छन् । 

प्रतिनिधिसभा बैठकमा बुधबारबाट सुरु भएको आर्थिक वर्ष २०७९/८० को लागिविनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता सम्बन्धमा (कर प्रस्तावबाहेक)माथिको छलफलमा सहभागी हुँदै उनले आफूले बर्खास्त गरेका गभर्नर पुनर्बहालीभएर आउँदा राजीनामा नदिई बसेका अर्थमन्त्रीबाट सुशासन कायम हुन नसक्ने बताए। 

‘आफूले कारबाही गरेका गभर्नर पुनर्बहाली भएर आउँदा अर्थमन्त्रीलेराजीनामा दिनुपर्दैन ? उहाँबाट कसरी सुशासन कायम हुन्छ ?,’ प्रश्न गर्दैपूर्वमन्त्री अधिकारीले भने, ‘उहाँ (अर्थमन्त्री)ले अर्थतन्त्र डामाडोलबनाउँदै हुनुहुन्छ ।’ 

पूर्वाग्रह छाडेर काम गर्नुपर्ने सुझाव दिँदै पूर्वस्वास्थ्यमन्त्रीअधिकारीले स्वास्थ्य बिमाबाट धनीले मात्र लाभ लिइरहेकाले सुधार गर्नुपर्नेबताए ।

प्रतिक्रिया

सम्बन्धित