नरेश र टीकाको स्वरमा 'केही हुन्न भेट हुँदैमा' सार्वजनिक (भिडियोसहित)

Vet hudaima

काठमाडौं । गायक नरेश बुढाथोकी र गायिका टीका प्रसाईको स्वरमा ‘केही हुन्न भेट हुँदैमा’गीत बजारमा आएको छ ।

राहुल शाह र मलिका महतले अभिनय गरेको उक्त भिडियोको निर्देशन पनि शाहले नै गरेका छन् ।

मनोज बस्नेत र एटके एभरेष्ट मोसन पिक्चर्स तथा भाइब एण्ड वेभसँगको सहकार्यमा बजारमा आउन लागेको उक्त गीतको शब्द लोकप्रिय सर्जक एकनारायण भण्डारीको रहेको छ ।

त्यस्तै राग स्टुडियोमा रेकर्डिङ गरिएको उक्त गीत कुशल गौतमले रेकर्ड गरेका छन् । त्यस्तै अनिता ग्वाछाले मेकअप गरेको उक्त भिडियोको सम्पादन पवन सुस्लिङले गरेका छन ।

यसअघि ‘कान्छी हो कान्छी’गीतमा स्वर दिएका बुढाथोकीले अब आउन लागेको गीत फरक किसिमको भएको बताएका छन् । बुढाथोकीले गाएको कान्छी हो कान्छीमा गायिका अञ्जु पन्तले पनि साथ दिएकी थिइन् ।

नेपाल आइडल सिजन–४ का अडिसन राउण्डमा प्रि–जजको भूमिका निर्वाह गरिसकेका बुढाथोकी लामो समयदेखि संगीत साधनामा लागि रहेकाछन् । पछिल्लो समय लोकप्रियता कमाईरहेका बुढाथोकीले निकट भविष्यमा पनि अन्य गीतहरु ल्याउने तयारीमा रहेको पनि जनाएका छन् ।

भिडियोः

 

 

प्रतिक्रिया

सम्बन्धित