अाइजीपी नियुक्ती प्रकरण : पहिलो नियुक्तिमा ६७ नम्बरमा थिए नवराज सिलवाल

numकाठमाडौं । सरकारले डिआइजी जयबहादुर चन्दलाई प्रहरी महानिरीक्षक (आइजिपी) नियुक्त गर्ने निर्णय गरे लगत्तै डिआइजी नवराज सिलवालले 'वरियताक्रम मिचेर चन्दलाई आइजिपी बनाएको 'भन्दै मन्त्रिपरिषदको निर्णयविरुद्ध अदालतमा रिट हाले। प्रहरी नियमावलीले एआइजीसम्मको बढुवा क्रममा वरियता निर्धारण गर्दा निश्चित मापदण्ड तोकेको छ।सिलवालले आफु सुरुको नियुक्तीदेखी नै पहिलो नम्बरमा रहेको दाबी गरेका छन् । तर उनको भ्रम निवारण गर्ने तथ्य भने यसप्रकार छ  :

--नेपाल प्रहरीको डिआइजीमा पहिलो नम्बरमा छन्, नवराज सिलवाल । त्यस्तै दोस्रो नम्बरमा प्रकाश अर्याल, तेस्रो नम्बरमा जयबहादुर चन्द र चौथो नम्बरमा बमहादुर भण्डारी छन्  ।

यी चार जना डिआइजीको नम्बरको विवाद बुझ्न यस अघि उनीहरु एसपी र एसएसपीमा बढुवा हुँदा र सुरुमा जागिर प्रवेश गर्दाको मर्यादामा फर्कनु पर्ने हुन्छ ।  चारै जना  २०४४ चैत २९ गते प्रहरी निरीक्षकबाट नेपाल प्रहरीमा नियुक्त भएका हुन् ।

पहिलो नियुक्तिमा को थियो १ नम्वरमा ?

प्रहरी निरीक्षकको रुपमा सेवा प्रवेश गर्दा १ नम्वरमा थिए प्रकाश अर्याल । त्यसपछि ९ नम्वरमा जयबहादुर चन्द, १४ नम्बरमा बम बहादुर भण्डारी र ६७ औ नम्वरमा थिए नवराज सिलवाल । यो मर्यादाक्रम भने उनीहरुको शारीरिक व्यायामको परीक्षा, लिखित परीक्षा र अन्तर्वार्ताको नम्बरको आधारमा तय भएको हुन्छ । त्यसपछिको अर्को महत्वपूर्ण पक्ष भनेको प्रहरी निरीक्षकको तालिमको मर्यादाक्रम वा नम्बर हो ।को थियो त तालिमको १ नम्वरमा ?प्रहरी निरीक्षकको आधारभुत तालिमको जेष्ठताको १ नम्बरमा थिए केशव बस्नेत । उनी अहिले रिटायर्ड भैसकेका छन् । त्यस्तै दोस्रो नम्वरमा पुशपति उपाध्याय, तेस्रो नम्वरमा जयबहादुर चन्द र चौथोमा विजयलाल कायस्थ थिए । तालिमको वरिष्ठताक्रममा नवराज शिलवाल ३५ नम्वरमा परेका थिए । बस्नेत, उपाध्याय, चन्द र कायस्थ चार जनाले  ‘क’ र यी चार जना बाहेक अरु सबैले ‘ख’ ग्रेडमा तालिम सम्पन्न गरेका थिए । त्यसो भए कसरी अहिले सिलवाल १ नम्वरमा भए त ?एसएसपी बढुवामा सिलवाल १ नम्बरमा पुग्नको रहस्यप्रहरी निरीक्षकमा सेवा प्रवेश गर्दादेखिकै क्रम अनुसार उनीहरुको बढुवा हुँदै आयो । जव एसपीबाट एसएसपीमा बढुवा हुने बेला आयो अनि भयो गडवढ । त्यतिवेला माधवकुमार नेपाल प्रधानमन्त्री, भीम रावल गृह मन्त्री र रमेश चन्द ठकुरी प्रहरी महानिरीक्षक थिए ।बढुवाको फाइल गृह मन्त्रालयमा पुग्यो । प्रकाश अर्याल, जयबहादुर चन्द, नवराज सिलवाल र बमबहादुर भण्डारी लगायत बढुवाको सिफारिसमा परे । सिफारिस गर्दा प्रधानमन्त्री नेपाल, गृह मन्त्री रावल र महानिरीक्षक ठकूरीले जयबहादुरको नाम १ नम्बरमा राखे । त्यसपछि प्रकाश अर्याल र तेस्रो नम्बरमा नवराज शिलवाल परे । केही समय गृहमा अड्किएको उक्त फाईलमा त्यसपछि सुरु भयो राजनीतिक पृष्ठभूमि खोज्ने काम । पहिलो नम्बरमा चन्द र तेस्रोमा सिलवाल भएको खवर एमाले महासचिव ईश्वर पोखरेलसमक्ष पुग्यो । अनि पोखरेलले प्रधानमन्त्री नेपाल र गृह मन्त्री रावललाई भेटे र पार्टीको संगठनभित्र रहेर लेबी तिर्दै आएको फाईल देखाए नवराज सिलवालको । अनि त्यसपछि सिलवाल परे १ नम्वरमा, चन्द पुगे ३ नम्वरमा ।

प्रतिक्रिया

सम्बन्धित