प्रधानमन्त्री देउवा र अमेरिकी उपमन्त्रीबीच भेटवार्ता

PM_deuba

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा र संयुक्त राज्य अमेरिकाका नागरिक सुरक्षा, लोकतन्त्र र मानवअधिकार उपविदेशमन्त्री उज्रा जिया नेतृत्वको प्रतिनिधिमण्डलबीच शिष्टाचार भेटवार्ता भएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा आज भएको भेटवार्तामा उनीहरूबीच नेपाल–अमेरिका सम्बन्ध र आपसी हितका विविध विषयमा छलफल भएको परराष्ट्र मन्त्रालयले जनाएको छ । प्रधानमन्त्री देउवाले अमेरिकी प्रतिनिधिमण्डललाई स्वागत गर्न पाउँदा खुसी लागेको उल्लेख गरेका छन् ।

तिब्बत मामिलाका लागि अमेरिकी विशेष संयोजकसमेत रहेका उनी तीनदिने नेपाल भ्रमणका क्रममा शुक्रबार यहाँ आइपुगेकी हुन् ।

प्रतिक्रिया

सम्बन्धित