अन्तत : जयबहादुर चन्द आईजीपीमा नियुक्त , चन्दका बहुचर्चित ‘अप्रेसन’

jayacकाठमाडौं । सरकारले प्रहरी महानिरीक्षक (आईजीपी)मा जयबहादुर चन्दलाई नियुक्त गरेको छ । आइतबार बिहान बसेको मन्त्रिपरिषद् बैठकले  डीआईजी चन्दलाई आईजीपीमा बढुवा गरेको खानेपानी तथा सरसफाई मन्त्री प्रेमबहादुर सिंहले जानकारी दिए ।  योसंगै ७० हजार नेपाल प्रहरीको कमाण्ड गर्ने ‘दुर्लभ’अवसर चन्दले प्राप्त गरेका छन् । सुदुरपश्चिम पुख्र्यौली घर भएका चन्द प्रहरीभित्र इमान्दार अफिसरको रुपमा चिनिन्छन् । सोमबारदेखि हालका आइजीपी,सबै एआइजी र एकजना डिआइजीले अनिवार्य अवकाश पाउँदैछन् । चन्द आइजीपी बनेपछि सुदुरपश्चिममा खुसीयाली छाएको छ ।  बैठकले सशस्त्र प्रहरी महानिरीक्षकमा सिंहबहादुर श्रेष्ठलाई नियुक्त गरेको छ ।

को हुन जयबहादुर चन्द ? नेपाल प्रहरीमा फिल्डमा खटेर सक्रिय रुपमा काम गर्न खप्पीस चन्द २०४४ चैत २९ गते प्रहरी निरिक्षकको रुपमा सेवा प्रवेश गरेका थिए । विकट पहाडी जिल्ला बैतडीमा जन्मिएका चन्द यसअघि काठमाडौं प्रहरी प्रमुख, पर्सा प्रहरी प्रमुख, पर्वत प्रहरी प्रमुख लगायत महत्वपूर्ण जिल्लाको नेतृत्व सफलतापूर्वक हाकिसकेका छन् । चन्द नेपाल प्रहरीभित्र ‘पोलिसिङ’मा सबैले मनपराएका व्यक्ति हुन् । प्रहरी संगठन संचालनमा उनलाई अब्वल प्रहरी अफिसरका रुपमा लिइन्छ । चन्दसंगै महानिरिक्षकका लागि नवराज सिलवाल, प्रकाश अर्याल र बमहादुर भण्डारी पनि दावेदार थिए । तर सरकार कार्यक्षमताको आधारमा चन्दलाई महानिरिक्षक बनाउने निर्णय गरेको हो । चन्दले ,दुर्गम सेवा पदक ,प्रशिद्ध सेवा पदक,दैवी प्रकोप उद्धार सेवा पदक, यूएन सेवा पदक, गद्दिआरोहण  सेवा पदक, बिरेन्द्र ऐश्वर्य सेवा पदक,गोरखा दक्षिण वाहु चौथो पदक, प्रहरी सेवा पदक,प्रदेश सेवा पदक, दिर्घ सेवा पदक प्राप्त गरेका छन् । यस्तै नेपाल प्रहरीमा विरताको लागि प्रदान गरिने महेन्द्र प्रहरी पदकबाट बिभूषित हुने चन्द एकमात्र प्रहरी अधिकृत हुन ।

चन्दका बहुचर्चित ‘अप्रेसन’ प्रहरी संगठनमा सफल नेतृत्वका रुपमा स्थापित डिआइजी जयबहादुर चन्द आजका मितिसम्म ९मन्त्रीपरिषदको निर्णयअघि० लागूऔषध नियन्त्रण ब्युरोका प्रमुख थिए  । चन्दसँग राजनीतिक, प्रशासनिक र सांगठानिक रुपमा  सन्तुलन मिलाउन सक्ने क्षमता रहेको प्रहरीकै अधिकारीहरुको दाबी छ । संगठनमा उनले हालसम्म गरेका गुण र अवगुण छुट्याउने हो भने एकाध सञ्चार माध्यममा विरोधी समाचार आएपनि कहिं कतै अवगुण भेटिदैनन्  । उनलाई आइजिपी बन्नबाट रोक्नका लागि केही तस्कर र माफियाहरुले करोडौंको आर्थिक चलखेल शुरु गरेको पनि चर्चा चलेको थियो । डिआइजी जयबहादुर चन्दले लागु औषध कारोबारीहरुको अन्तराष्ट्रिय संजाल ध्वस्त पारेपछि उनले त्यत्तिकै चर्चा पाएका थिए । डिआइजी चन्दले ब्युरोको कमाण्ड समालेपछि करिब ५ करोड ४० लाख मूल्य बराबरको लागु औषध कोकिनसहित ठमेल क्षेत्रपाटीबाट साउथ अफ्रिकन नागरिक मपाथोनी मस्ने र भारत नागाल्याण्ड घर भएकी महिला मेर्सी पक्राउ परेका थिए  । प्रतिष्ठित व्यवसायी भनेर चिनिने पवन संघाईले औषधी बनाउनमा प्रयोग गर्ने भनेर युरोपियन मुलुकहरुबाट आयात गरेको प्रिकर्सर केमिकल लागु औषध बनाउन भारत र चीनमा तस्करी गर्ने गरेको कुरा अनुसन्धानबाट खुलेपछि चन्दको टोलीले संघाईका बिभिन्न उद्योगहरुमा छापा मारेर केही व्यक्तिहरु सहित करोडौं मूल्य पर्ने उक्त प्रिकर्सर केमिकल बरामद गरेको थियो  ।

चन्द काठमाडौं, रौतहट, बिरगंज, कपिलबस्तु, मकवानपुर, काभ्रे जस्ता जिल्लाहरूमा प्रहरी प्रमुखको रुपमा कार्य सम्पादन गरेर कामकै आधारमा आफ्नो पहिचान बनाउन सफल भएका थिए  । काठमाडौं, भद्रकालीको यात्रु प्रतिक्षालय र बालाजुमा माइक्रोबसमा बम बिष्फोट गराई स्कुले विद्यार्थी लगायतको ज्यान गएको र दर्जनौ घाइते बनाएर काठमाडौंवासीलाई आतंकित तुल्याउने घटनामा संलग्न मिष्टर जोन उपनामले चिनिने कौशल सहनी र उसको एक जना सहयोगीसहितलाई २ जना उनी रौतहट प्रमुख छँदा प्रहरी इनकाउन्टरमा मारिए  । यो परिघटनाले रौतहटबासी मात्रै हैन काठमाडौं लगायत सबै ठाँउका नेपाली जनताबाट उनले प्रशंसा पाएका थिए  । रौतहट प्रहरीको कमाण्ड समाल्दा चन्दले रौतहटको शान्ति सुरक्षालाई चुस्तदुरुस्त बनाएको कुरा रौतहटको सदरमुकाम गौरमा मात्र हैन ग्रामिण भेगतिर आजभोलि पनि चर्चा हुने गर्दछ  । पर्सा प्रहरी प्रमुखको रुपमा कार्यरत रहँदा बिभिन्न अपराधिक समूहहरुले व्यवसायीहरुलाई चन्दा माग गर्ने, धम्क्याउने गरेको र कति ठाँउमा बिष्फोटक पदार्थ नै पड्काएर आतंकित बनाएपछी उनले अपराधीहको सातो लिए  ।  चन्द काठमाडौं प्रहरी प्रमुख रहँदा बस्ती भेटघाट नामक जनताप्रेमी कार्यक्रम ल्याएर काठमाडौंबासीको मन जित्न सफल हुनुका साथै शान्ति,सुरक्षा चुस्तदुरुस्त राखेर कुनै पनि किसिमको अपराधिक घटना घट्न नदिई उच्च व्यवसायिक प्रहरी अधिकृत भएको पुष्टि गरेका थिए  । यस्ता दर्जनौं सफल कारवाही गरेर चन्दले आफुलाई क्षमतावान प्रहरी अधिकृत भएको साबित गरे  ।

बिनाशकारी महाभूकम्प र भारतको अघोषित नाकाबन्दीको कठिन परिस्थितिमा महानगरीय ट्राफिक महाशाखा प्रमुखको रुपमा कार्यरत हुँदा चन्दले  व्यवसायिक र प्रशंसनीय काम गरेको  प्रहरी अधिकारीहरु नै बताउँछन्   । ट्राफिक प्रहरीलाई बिगतदेखि बोली व्यवहार ठीक नभएको भन्ने आरोपमा सुधार ल्याउन ‘जिब्रोको गरिमा मीठो बोलीमा’ अभियान व्यापक रुपमा संचालन गरेर उपत्यकाबासी माझ ट्राफिक प्रहरीको छविमा सुधार ल्याउनुका साथै ड्यूटीमा जान लागेका ट्राफिक प्रहरीलाई ‘म इमान्दारीपूर्बक काम गर्छु, नियतवश कसैलाई बिगार्दिन’ भन्ने नारा स्मरण गराउने गरे  । ट्राफिक महाशाखा प्रमुखकै रुपमा कार्यरत रहँदा ‘सेतो टोपी’ नामक गीति एल्बम ल्याएर ट्राफिक प्रहरीको छवि जनतामाझ सुधार गरे भने अर्को्तिर आफु गीतकार बनेर बौद्धिक प्रहरी अधिकृत भएको समेत सावित गरे  । सुदूरपश्चिममा क्षेत्रीय प्रहरी प्रमुखको रुपमा कार्यरत रहँदा काठमाडौंमै सुरुवात गरेको ‘बस्ती भेटघाट’ कार्यक्रमलाई निरन्तरता दिए  । ९ वटै जिल्लाका गाँउको दुरदराज जहाँ प्रहरी चौकीको जवानसम्म कमै पुग्ने ठाँउहरुमा आफै पुगेर गाँउलेहरुका पीरमर्का सुन्ने र जनता र प्रहरी वीचको सम्बन्ध सुमधुर बनाउने काम उनले गरेका थिए  । उनको यो अभियानले सुदूरपश्चिमबासीबाट मात्र नभएर देशका समाजसेवी, बुद्धिजिवीबाट समेत प्रशंसा बटुलेका थिए  ।चन्दले गरेका प्रमुख तालिम चन्द प्रहरी हालसम्मको अवधिमा सुरक्षा सम्बन्धी २ दर्जन वढी तालिम लिइसकेका छन् । उनी प्रहरी अधिकृत आधारभूत तालिम ‘क’ ९ सर्वतृतिय र चांदमारी प्रथम  भएका थिए । योसंगै उनले हवाई सुरक्षा तालिम, अपराध अनुसन्धान तालिम, भिआईपीसुरक्षा तालिम  र प्रहरी प्रशिक्षकको तालिम लिइसकेका छन् ।आइजीपी चन्दका महत्वपूर्ण बिशेषताहरु -  महेन्द्र प्रहरी पदक – नेपाल प्रहरीमा यस पदकद्वारा विभूषित हुने एकमात्र प्रहरी अधिकृत र बहादुरीको लागि प्रदान गरिने यस पदकलाई प्रहरी रत्नभन्दा पनि माथिको वा सबैभन्दा ठुलो अलंकार मानिन्छ । - मिति २०६१/०५/२५ गते प्रहरी प्रधान कार्यालय कप्र शाखाको आदेशानुसार आफ्नो व्याचमा सर्वप्रथम कार्य वाहक भई जिप्रका मकवानपुरमा खटिएको । - धेरै जिल्लाहरुको इन्चार्जको रुपमा खटिएको र उत्कृष्ट कार्य सम्पादनको कारण प्राय सबैमा पुरस्कृत भएको । - नेपाल सरकार र नेपाल प्रहरी संगठनले निर्दिष्ट परिधिमा रहि नेपाल प्रहरीको ईतिहासमानै धेरै कुख्यात अपराधिहरुको ईन्काउन्टर गर्न सफल भई भयमुक्त समाजको निमार्णमा महत्वपूर्ण योगदान दिएको । -मदेशका पर्सा, रौतहट, कपिलवस्तु र बुटवल जस्ता सम्बेदनशील जिल्लाको कमान्ड सफलतापूर्वक सम्हाल्न सफल भएको । - काठमाण्डौं जिल्लाको प्रमुखको रुपमा प्रथम एसएसपी र अपराध ५२.८५ ले घटाई इतिहास कायम गर्न सफल भएको र जिल्लाको प्रमुखको हैसियतले पहिलो पटक दशै–तिहारमा पटाका वचतभएका । - जनतामूखि 'बस्ति भेटघाट कार्यक्रमकोू प्रणेता जुन कार्यक्रमलाई विरगंज, काठमाण्डौं र सुदुर पश्चिममा ब्यापक बनाइएको । - महाभुकम्पका दिन काठमाण्डौं उपत्यकाको निमित्त इन्चार्जको रुपमा कार्यरत रहि विपदको उचित व्यवस्थापनमा उल्लेखनिय भूमिका निर्वाह गरेको । - महाभुकम्पकका वेला पानी, सवारीसाधन, ढुवानि ब्यवस्थापन, राहत ब्यवस्थापन लगायत महत्वपुर्ण कार्यहरुमा सक्रियताका साथ संलग्न भई कालोबजार नियन्त्रणमा महत्वपुर्ण योगदान दिएको । - ट्राफिक प्रहरीले दैनिक भोग्नुपरेको कठिनाईहरुलाई आम जनतालाई महशुस गराउन आफ्नै रचनामा सेतो टोपी नामक गिति एल्वमको विमोचन । - सुदुर पश्चिम क्षेत्रिय प्रहरी कार्यालयको प्रमुखको रुपमा दोश्रो संबिधान सभा निर्वाचन २०७० तथा उप निर्वाचन २०७१ शान्तिपुर्ण रुपमा सम्पन्न गराउन महत्वपुर्ण भुमिका निर्वाह गरेको ।-    संगठित अपराध, जघन्य अपराध, उच्च प्राथमिकताका आर्थिक अपराध एंव वित्तिय अपराध, सिमावर्ति क्षेत्रमा हुने चोरी निकासी पैठारी जस्ता अपराध नियन्त्रण गर्न  क्षेत्रीय स्तरमा एउटा “  क्षेत्रीय अपराध अनुसन्धान एंव नियन्त्रण र सुचना संकलन टिमको ” ९क्षेत्रीय टिम० मिति २०७०।१०।२० गते गठन गरिएको र उक्त टिमले निकै सह्रानिय कार्य सम्पन गरेको र प्रहरीको छवी नै उज्वल बनाउने गरी कार्य गरेवाट अदालतवाट टिम कमाण्डर लगायत क्षेत्रीय प्रमुख ९प्र।ना।म।नि।० लाई समेत प्रशंसा पत्र प्राप्त भएको ।- नागरिक प्रहरी साझेदारी कार्यक्रम अन्र्तगत सुदुर पश्चिम क्षेत्रीय प्रहरी कार्यालय र कैलाली जिल्ला ब्याडमिन्टन संघको सयुक्त आयोजनामा मिति २०७१।१।३ गते देखि मिति २०७१।१।५ गतेसम्म धनगढीमा २०७१ कार्यक्रम सम्पन्न गरीएको । - महानगरीय ट्रफिक प्रहरी महाशाखाको प्रमुखको रुपमा 'एक दिन सार्वजनिक सवारीको प्रयोग' सुरु गरी उक्त दिन सार्वजनिक सवारीमा  देखेका भोगेका अनुभव रजिष्टरमा लेख्ने पद्धतीको विकास गरिएको ।- महानगरीय ट्रफिक प्रहरी महाशाखाको प्रमुखको रुपमा सार्बजनिक यातायातलाई व्यबस्थित, मर्यादित र सहज बनाउन तथा प्रहरी, चालक, सह९चालक र यात्रुमैत्री बनाउन 'जिब्रोको गरिमा मिठो बोलीमा' भन्ने कार्यक्रम मार्फत प्रशिक्षण कार्यक्रम शुरु गरिएको र स्टिकर बनाई सार्वजनिक बसहरुमा टाँस्ने अभियान सुरु गरिएको र उक्त कार्यक्रमको  मिति २०७१।१२।०२ गते प्रनामनिवाट उद्‌घाटन भएको ।- नेपाल प्रहरीको ईतिहासमै धेरै मात्रामा कोकिन९करिब १४ केजी समात्न सफल भएको ।- लागु औषधको ईतिहासमै पहिलो पल्ट मार्फत एम्फेटामाईन ९३०२ ग्राम० पक्राउ गर्न सफल भएको ।- लागु औषध नियन्त्रण व्यूरोको प्रमुखको रुपमा कार्यरत रहँदा मार्फत कोकिन मार्फत समाई प्रतिष्ठित व्यापारिक घराना संघाईलाई बेनकाब गर्न सफल भएको । - एम्फेटामाईन कारोबारी धर्म पाख्रिन तामाङ्गद्वारा आफ्नो केश मिलाउन घुस दिएको रु ५०,००,००० (पचास लाख रुपैयाँ) ईमान्दारीपूर्वक सार्वजनिक गरेको ।- कोकिनको अन्तराष्ट्रिय कारोबारको जालो ध्वस्त पार्न महत्वपूर्ण भूमिका निर्वाह गरेको ।- नेपाल प्रहरी संगठनले ल्याएका प्रहरी कल्याणकारी कार्यहरुमा महत्वपुर्ण योगदान दिएको ।

प्रतिक्रिया

सम्बन्धित