आज गणतन्त्र दिवस, देशभर विभिन्न कार्यक्रमसहित मनाइँदै

काठमाडौं । आज जेठ १५ गते । राज्यको सम्पूर्ण शक्ति जनतामा निहित हुने गरी सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था प्रारम्भ भएको दिन अर्थात् गणतन्त्र दिवस । निरङ्कुश एकात्मक राजतन्त्रको विधिवत् अन्त्य गर्दै मुलुकमा सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था प्रारम्भ घोषणा भएको दिन ।
जननिर्वाचित पहिलो संविधानसभाबाट २०६५ जेठ १५ गते निरंकुश राजतन्त्रको विधिवत् अन्त्य गर्दै नेपालमा सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था प्रारम्भको घोषणा भएको थियो ।
हजारौँको बलिदान, लाखौँ नागरिक सडकमा उत्रिएर ल्याएको गणतन्त्र दिवस विभिन्न कार्यक्रम आयोजना गरी आज देशभर मनाइँदैछ । विसं २०६३ वैशाख ११ गते तत्कालीन राजा ज्ञानेन्द्रले आन्दोलनरत दलको मार्गचित्रबमोजिम विसं २०५९ जेठ ८ गते विघटन भएको संसद् पुनःस्थापना गरे ।
गणतन्त्र स्थापनाका लागि यही आन्दोलन जगका रूपमा स्थापित भयो । संसद् विघटनपछि सशस्त्र द्वन्द्वका कारण निर्वाचन हुन सकेन । निर्वाचन नभएपछि राजाले इच्छा लागेका मानिसलाई प्रधानमन्त्री बनाउने र हटाउने शृङ्खला चल्यो ।
राजा ज्ञानेन्द्रले लोकेन्द्रबहादुर चन्द, सूर्यबहादुर थापा र शेरबहादुर देउवा गरी तीनजनालाई प्रधानमन्त्री बनाउँदै हटाउँदै गरे । विसं २०६१ माघ १९ गते राजा ज्ञानेन्द्रले शासन सत्ता आफ्नै हातमा लिएपछि आन्दोलनरत सात दल र तत्कालीन सशस्त्र युद्धरत नेकपा (माओवादी)का बीच १२ बुँदे समझदारी भयो । पूर्ण लोकतन्त्र स्थापनाका लागि दुवै शक्तिबीच समझदारी भएको थियो ।
विसं २०६२ मङ्सिरमा १२ बुँदे समझदारीका माध्यमबाट तीन ध्रुवमा विभाजन भएका राजनीतिक शक्ति दुई ध्रुवमा आएपछि आन्दोलनले गति लियो । विसं २०६२ फागुनदेखि सुरु भएको निर्णायक आन्दोलनले चैतमा गति लियो ।
नयाँ वर्षसँगै लाखौँ जनता सडकमा आए । चक्रपथ मानवसागरले भरिएपछि राजा ज्ञानेन्द्र दलहरूको मार्गचित्रमा सहमत भए । आन्दोलनरत दलले गरेकै मस्यौदाका आधारमा राजा ज्ञानेन्द्रले वैशाख ११ गते राति संसद् पुनःस्थापनाको घोषणा गरी बैठकसमेत आह्वान गरे । यसैले यस दिनलाई लोकतन्त्र दिवस भनिन्छ । यो दिन नै गणतन्त्रको जगका रूपमा स्थापित बन्यो ।
विसं २०६३ जेठ ४ गतेको संसद्ले राजदरबारको अधिकार कटौती गर्दै राजसंस्थालाई निलम्बन गर्यो । बैठकले माओवादीलाई शान्ति प्रक्रियामा ल्याई संविधानसभा निर्वाचन गर्ने सङ्कल्प प्रस्ताव पारित गरेको थियो । यसलाई नेपाली ‘म्याग्नाकार्टा’ पनि भनिन्छ ।
यसैको जगमा विसं २०६४ चैत २८ गते पहिलो संविधानसभा निर्वाचन भयो । संविधानसभाको २०६५ जेठ १५ गते बसेको पहिलो बैठकले २४० वर्षे राजसंस्थाको विधिवत् अन्त्य गर्यो । पहिलो संविधानसभाले संविधान जारी गर्न नसके पनि धेरै काम गरेको थियो ।
विसं २०७० मङ्सिर ४ गते सम्पन्न दोस्रो संविधानसभा निर्वाचनबाट निर्वाचित सभाले २०७२ असोज ३ गते सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान जारी भयो । संविधानबमोजिम तीनै तहको निर्वाचन सम्पन्न भई आन्दोलनको बलमा बनेको संविधान कार्यान्वयन भयो । जसअनुसार सङ्घीय, प्रादेशिक र स्थानीय सरकारले शासन सञ्चालन गरेका छन् ।
_YLW7Wkld7T_gfhcgnyfpogb3tzgnw6shura9ycfvxh9eedwzdoeqrrwhunm7is1b6hn7i1x_DlIdXkEZlW_i4xxnxf3hifuhmlmmmsrazljb0jnqgaewyhmpa5tu08srps855zeawmml1hd.png)
लोकतन्त्रलाई बलियो बनाउनका लागि देशमा सम्भावना र अवसर आवश्यक : गृहमन्त्री
संघीय संसद्का तीन वटा समितिको बैठक बस्दै
_0Tk9chpkOz_ctxgxlvacj6fhjmlvflhtq3ytawcavtmbiqb5i15zxr3nu4faofjtvorr7h0_islu9irja1_tauku27q6ghh0eocxn1yur2dgmdfpowejzpguqnbfmo1zv1ezwnuvdrq6unz.png)
देशको आर्थिक अवस्था सुखद छैन्ः गृहमन्त्री लेखक
%2520(29)_WsSIhf1Dba_tnnxret6sbuvfh2m8rqnlcqsbtmecpnr4cyhspvtcy43uuoxbjzfnrfqsakj_polyTilIHU_dwueihgylzedlke1tdv7g9vqplirgqacbcrrpy7jpxr34whgohezmcjvzklh.jpg)
फोहोरी राजनीतिबाट युवाहरू टाढा हुनुपर्छ : नेता सिंह
_kSlzmqHQ7w_01hphmnzbrq7qducpvkbjsel9zzrer7x8yahyi4cmqylrn31oo6ec2gv3sgx_03UVYrfC7E_fbfp4njbjwi4tf2amw73mnjldcexnhgbz78gzgbutvse3gb5ywulnswwzevm.jpeg)
दुई संसदीय समितिको बैठक बस्दै, यस्ता छन् कार्यसूची
%2520(2)_scyYKMaEk7_gnqfhpjzvplb99kpjjofprmvdgf6jbbomppgcinnnhpvsbajylr19dpmimaj_uMFfMPF34z_l6ljb2vbcx1tucskvwu7kaw7yeke6axqgq8fhzg0ihwikescpxrufrfgqct0.jpeg)
प्रतिनिधि सभाको बैठक बस्दै, यस्ता छन् कार्यसूची
_KNQ5tRcJRk_ob4n0aveentbxk1a69igfa75auyctvjebwuvl8shoagtbkch47lumswx9zgp_VCyrPWeja3_qbi6lqcrwaaglglpdduufvvgza2jqj5wdovnecag4vrgghquytsmnxjwkgq6.jpg)
विद्यार्थीहरुले पढाईसँगै खेलकुदमा पनि अग्रसर हुनुपर्छ : मन्त्री सिंह
_jFx0DhlVmJ_qezb0io8wnz55edivq9zzjjpjkrceepov67gl1vldov86bk2yqbmldk5uxjh_PLiYDOTSzm_efplsm3qz6pmp2qhndzopxevrxmvyecn1ccafmageiyliuuce5fnt73ujehq.jpg)
प्रतिक्रिया