प्रहरीमा बढुवा प्रकरण : एक नम्बरका विष्ट छुट्दा कहाँ लुकेका थिए चन्दलाई जुनियर भन्नेहरु ?

jayacकाठमाडौं । डीआईजी जयबहादुर चन्द नेपाल प्रहरीको २५ औं महानिरीक्षक (आईजीपी) बन्ने निश्चित भएसँगै अहिले सामाजिक सञ्जाल  उनको आलोचना र समर्थनले भरिएको छ ।  तेस्रो नम्बरमा रहेका चन्दलाई आईजीपी बनाउने तयारीसँगै वरियता मिचेको भन्दै आलोचना भएपनि लोकसेवा आयोगको नजिरले एकैदिन भर्ना र वढुवा भएकालाई सिनयर र जुनीयर भन्न नमिल्ने यसअघी स्पस्ट पारिसकेको छ ।

 यसअघी चार जना मध्येका वरिष्ठ एसएसपी लब विष्टले आफ्नो बढुवा सिफारिसमा पूर्वाग्रहीका साथ नाम छुटाइएको भन्दै लोकसेवा आयोगमा उजुरी गरे । एक नम्बरमा रहेका विष्टको बढुवा सिफारिसमा नाम छुटाएर तीन नम्बरका गणेश केसीलाई एक नम्बरमा, चार नम्बरका केदारमान सिंह भण्डारीलाई दुई नम्बरमा र दुई नम्बरका रमेश भट्टराईको नाम तिन नम्बरमा डीआईजी बढुवा सिफारिस भयो ।

 तर, बिष्टले न्याय पाएनन्  । लोकसेवा आयोगको  एकैदिन भर्ना र वढुवा भएकालाई सिनयर र जुनीयर भन्न नमिल्ने जनाइसकेको छ  । बिष्टले न्याय नपाउँदा अहिले अाइजीपी बढुवामा सिनियर र जुनियरको कुरा उठाउने नेपालका अनलाइन मिडियाहरु कहाँ लुकेर बसेका थिए ? के प्रहरीमा नियम र कानुन ठुलालाई मात्र लाग्ने हो ? अहिले गृहमन्त्रीलाई चोखो देख्नेहरु बिष्टले अन्याय पाउँदा कहाँ लुकेर बसेका थिए ?।

  ढिला नै भए पनि गृहमन्त्री विमलेन्द्र निधिले विहिबार अपराह्न गृहसचिवलाई वरियता क्रममा तेस्रो नम्बरमा रहेका चन्दलाई आईजीपी बनाउने प्रस्ताव मन्त्रिपरिषदमा पेश गर्नका लागि तयार पार्न निर्देशन दिए । र, यो प्रस्ताव आइतबार क्याविनेटमा पेस हुनेछ । क्याविनेटले यो प्रस्ताव पास गरेसँगै चन्द नयाँ आईजीपी बन्नेछन् ।

 एसएसपीबाट २०६९ पुस ४ गते डीआईजीमा बढुवा भएका नवराज सिलवाल, प्रकाश अर्याल, जयबहादुर चन्द र बमबहादुर भण्डारीलाई वरियतामा क्रमशः एक देखि चार नम्बरसम्म राखियो ।  तर, कर्मचारीको छनोट गर्ने निकाय लोक सेवा आयोगले भने एकैदिन वढुवा भएका अधिकारीलाई सिनियर/ जुनियर भन्न मिल्दैन भनेर व्याख्या गरेको छ ।

  चन्द अरु डिअाइजी जस्तो अहिलेसम्म  कुनै पनि केसमा बिबादमा नआएका प्रहरी अधिकारी हुन । तर, उनलाई गुण्डा र माफियासँग जोडेर हेर्नेहरुले प्रमाणसहित मिडियामा सार्वजनिक गरे बहसको बिषय बन्थ्यो होला ।

प्रतिक्रिया

सम्बन्धित