प्लाटिनममा गुञ्जँदै कालीप्रसाद बासकोटा

kaliprasad

काठमाडौं । स्थानीय तहको निर्वाचनका कारण रोकिएको गायक, गीतकार तथा संगीतकार कालीप्रसाद बासकोटाको एकल कन्सर्ट ‘कालीप्रसाद बासकोटा लाइभ’ यही २१ जेठअर्थात ४ जुनमा दरबारमार्गको क्लब प्लाटिनममा हुने भएको छ । कार्यक्रमको प्रस्तुतकर्ता पोजेटिभ भाइब्स इन्टरटेनमेन्ट (पीभीइ) नेटवर्क हो ।

पीभीइ नेटवर्कका अनुसार विशेष डिजाइनमा तयार पारिएको लाइट, साउण्ड, एलइडी स्क्रिनमा काली सुनिनेछन् । कार्यक्रममा अन्य कलाकारहरुको आकर्षकनृत्य प्रस्तुति पनि हुनेछ ।

बासकोटाका अनुसार कोभिड महामारीपछि काठमाडौंमा उनको यो पहिलो प्रस्तुतीहुनेछ । उनले गाएका गीतहरु ‘जालमा’, ‘निर’, ‘साली मन पर्‍यो ’लगायतलोकप्रिय छन् । उनी केही समयअघि सम्पन्न गायन रियालिटी शो ‘सा रे ग म प’को निर्णायकसमेत हुन् ।

यसबाहेक उनले ‘नेपाल आइडल’को सिजन १, २ र ३ मा पनि निर्णायकको भूमिका निभाइसकेका छन् ।

 

प्रतिक्रिया

सम्बन्धित