अर्थमन्त्रीले प्रस्तुत गरे १७ खर्ब ९३ अर्ब ८३ करोडको बजेट

Arthamantri_Sharma

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले आगामी आर्थिक वर्षका लागि बजेट सार्वजनिक गरेका छन् । अर्थमन्त्री शर्माले चालू आर्थिक वर्षको भन्दा खर्ब बढीले बजेको आकार बढेको छ ।

आगामी आर्थिक वर्षको लागि १७ खर्ब ९३ अर्ब ८३ करोड रुपैयाँ बराबरको बजेट सार्वजनिक गरेका हुन्।

जसमध्ये चालु खर्चतर्फ ४२ प्रतिशत अर्थात् ७ खर्ब ५३ अर्ब ४० करोड रुपैयाँ र पुँजीगत खर्चतर्फ २१.२ प्रतिशत अर्थात् ३ खर्ब ८० अर्ब ३८ करोड रुपैयाँ विनियोजन गरेका छन् ।

यस्तै वित्तीय व्यवस्थापनतर्फ १२.८ प्रतिशत अर्थात् २ खर्ब ३० अर्ब २२ करोड रुपैयाँ विनियोजन गरिएको अर्थमन्त्री शर्माले बताएका छन् । 

प्रतिक्रिया

सम्बन्धित