अन्तत :गृहमन्त्री पछि हटे, डिआईजी चन्द आईजीपी बन्दै

digcghandकाठमाडौं ।  डिआईजी जयबहादुर चन्दलाई  नेपाल प्रहरीको २५ औ महानिरीक्षक बनाउन प्रधानमन्त्री प्रचण्ड र काँग्रेस सभापति शेरबहादुर देउवाबीच सहमती भएको वालुवाटार स्रोतले जनाएको छ । यसअघि नै माओवादी केन्द्रले शसस्त्र प्रहरीको प्रमुख र नेपाली काँग्रेसले नेपाल प्रहरीको प्रमुख लिने भागवण्डा भइसकेको थियो ।

  बुधबार साँझ कांग्रेस सभापति शेरबहादुर देउवा र उपप्रधान एवं गृहमन्त्री विमलेन्द्र निधिबीच पनि चन्दलाई भावि महानिरिक्षक बनाउने सहमति भएको हो । यसअघि निधिले अर्का डिआईजी नवराज सिलवाललाई महानिरिक्षक बनाउने अडान राखे पनि बुधबार चन्दलाई बनाउने सहमति भएको हो । स्रोतका अनुसार आज  वा भोली हुने मन्त्रिपरिषद बैठकमा चन्दलाई महानिरिक्षक बनाउने निर्णय गर्ने तयारी छ ।

 नेपाल प्रहरीका महानिरीक्षक उपेन्द्रकान्त अर्याल आगामी फागुन २ देखि अनिवार्य अवकाश हुने छन् । अर्यालसँगै अहिले वहाल रहेका १३ जनै एआईजिपीहरु पनि अवकाश हुने भएकाले महानिरिक्षकमा डिआईजीबाट बनाउनु पर्ने भएको हो ।

 फिल्डमा खटेर सक्रिय रुपमा काम गर्न खप्पीस चन्द २०४४ चैत २९ गते प्रहरी निरिक्षकको रुपमा सेवा प्रवेश गरेका थिए । विकट पहाडी जिल्ला बैतडीमा जन्मिएका चन्द यसअघि काठमाडौं प्रहरी प्रमु्ख, पर्सा प्रहरी प्रमुख, पर्वत प्रहरी प्रमुख लगायत महत्वपूर्ण जिल्लाको नेतृत्व सफलतापूर्वक हाकिसकेका छन् । चन्द नेपाल प्रहरीभित्र ‘पोलिसिङ’मा सबैले मनपराएका व्यक्ति हुन् । प्रहरी संगठन संचालनमा उनलाई अब्वल प्रहरी अफिसरका रुपमा लिइन्छ । महानिरीक्षकका लागि नवराज सिलवाल, प्रकाश अर्याल र बमहादुर भण्डारी पनि दावेदार छन ।  कार्यक्षमताको आधारमा चन्दलाई महानिरिक्षक बनाउने निष्कर्षमा । सरकार पुगेको हो ।

 केही डिआईजीको डिजाइनमा प्रचण्ड र गृहमन्त्री निधी भने चन्दलाई आईजीपी बनाउन तयार नभएको जस्तो समाचार बाहिर आएपनि त्यसमा कुनै सत्यता नभएको बालुवाटार निकट स्रोतले बताएको छ  । राजनीतिक, प्रशासनिक र सांगठानिक रुपमा सन्तुलन मिलाउन सक्ने सफल प्रहरी अधिकारीको छवी बनाएका डिआईजी चन्द प्रमुख बनेमा प्रहरी संगठनले नयाँ आयाम लिने निश्चित छ  ।

 चन्दलाई आईजीपी बनाउन प्रचण्ड र देउवाबीच कुनै मतभेद नभएपनि सिनियरिटीको कुरा उठाएर गृहमन्त्री निधीले खेल्न खोजेपनी कांग्रेसका अधिकांस नेताहरु देउवाको अडानप्रती सकारात्मक रहेको हुँदा चन्द आईजीपी बन्ने पक्का रहेको छ ।

 अहिले  विधि, विधान र सिनियरिटीको कुरा उठिरहँदा दोस्रो नम्बरमा रहेका रमेशचन्द ठकुरी कसरी आईजीपी बने भन्ने सन्दर्भसँग जोडिएर हेरिएको छ । त्यतिखेर एक नम्बरमा रहेका रविन्द्रप्रताप शाहलाई अन्याय हुँदा कहाँनेर नियम र कानुनका कुरा उठेका थिए ?  यसरी आफू अनुकुल ऐन र नियमलाई व्याख्या गर्ने एमाले र निधीले  मित्रराष्ट्र भारतको सेनाप्रमुख चयन प्रक्रियालाई पनि कसरी हेरेका छन ? कांग्रेसका एक केन्द्रिय सदस्य प्रश्न गर्छन्  । भारत सरकारले गत डिसेम्बर १७ मा दुई जना सिनियर लेफ्टिनेन्ट जनरलहरुलाई ओझेलमा पार्दै तीन नम्बरमा रहेका विपीन रावतलाई बढुवा गरी सेना प्रमुख बनाएको थियो  ।

प्रतिक्रिया

सम्बन्धित