त्रियुगाको नगरप्रमुखमा कांग्रेस र उपप्रमुखमा एमाले विजयी

Triyuga

उदयपुर । उदयपुरको त्रियुगा नगरपालिकाको मेयरमा नेपाली कांग्रेस र उपमेयरमा नेकपा एमालेका उम्मेदवार विजयी भएका छन् ।

प्रमुखमा कांग्रेसका वसन्त बस्नेत र उपप्रमुखमा एमालेकी महेश्वरी राई विजयी भएका हुन् । कांग्रेसका बस्नेतले १३ हजार ९५९ मतका साथ निर्वाचित भए ।

उनका निकटतम् प्रतिद्वन्द्वी नेकपा एमालेका भागवत राउतले ११ हजार ८७३ मत प्राप्त गरे । नेकपा एकीकृत समाजवादीका बलदेव चौधरी ९ हजार १४७ मतसहित तेश्रो स्थानमा रहे ।

उपप्रमुखमा एमालेकी राईले १३ हजार ७०३ मत प्राप्त गरिन् । निकटतम प्रतिद्वन्द्वी कांग्रेसकी सरिता राईले ११ हजार ९८१ मत पाइन् । नेकपा माओवादी केन्द्रकी गीता खड्का कार्कीले ६ हजार ५६८ मत पाइन् ।

१६ वटा वडा रहेको त्रियुगाको कुल खसेको मत ४० हजार १३७ हो । कांग्रेसले नौवटा वडा, एमालेले चारवटा र माओवादी केन्द्रले तीन वडामा वडाध्यक्ष जितेको छ ।

प्रतिक्रिया

सम्बन्धित