श्रीमानले मलद्वारमा लौरो घुसाउँदा घाइते भएकी श्रीमतीकाे मृत्यु
चितवन । घरायसी विवादकाे क्रममा श्रीमानले मलद्वारमा लौरो घुसाउँदा सख्त घाइते भएकी महिलाको गएराति उपचारको क्रममा मृत्यु भएको छ ।
भरतपुर अस्पतालमा पाँच दिनदेखि उपचाररत पूर्वी चितवनको खैरहनीनगरपालिका–१० कि गीता माझीको मृत्यु भएको भरतपुर अस्पतालका सूचना अधिकारीगोपाल पौडेलले जानकारी दिए ।
माझीको सोमबार अपरेसन गरिएको थियो । अपरेसनपछि पोष्टअपमा उपचारमा हुँदा घाइतेको मुटुको चाल अचानक रोकिन पुगी मृत्यु भएको उनले बताए । ‘हिजो अपरेसनपछि पोष्टअपमा हुनुहुन्थ्यो । गएराति अचानक कार्डियाअरेष्ट भएपछि उहाँको मृत्यु भयो’, उनले भने ।
पाँच दिनअघि ४० वर्षीय श्रीमान् रामचन्द्र माझीले श्रीमती गीताकोमलद्वारमा लौरो घुसाएर घाइते बनाएका थिए । घटना लगत्तै प्रहरीलेरामचन्द्रलाई पक्राउ गरी नियन्त्रणमा लिएको छ ।
गीताका दुई छाेरी छन् । श्रीमानले मलद्वारबाट लौरो घुसाउँदा गीताकोयौनाङ्ग र मलद्वारबीचको खाली भाग च्यातिएको छ । उनको उपचारमा संलग्न चिकित्सक दीपेन्द्र न्यौपानेका अनुसार गीताको यौनाङ्गकाे चार तह च्यातिएकोथियो । कम्मरको हड्डी भाँच्चिएको थियो ।
जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता एवं प्रहरी नायव उपरीक्षकनरहरि अधिकारीले रामचन्द्रविरुद्ध लिखित उजुरी पर्न बाँकी रहेकाे बताए ।
घाइतेको मृत्युअघि आरोपिविरुद्ध ज्यानमार्ने उद्योग र बलात्कारकोमुद्दा दर्ता गरेर अनुसन्धान भएकामा अहिले मृत्यु भइसकेपछि अबज्यानसम्बन्धी मुद्दाको प्रक्रियाअघि बढ्ने उनले बताए ।
अब उजुरी नआए पनि ज्यान मरिसकेको भएकाले ज्यानसम्बन्धी र बलात्कार मुद्दामा कानुनी प्रक्रिया अघि बढ्ने उनकाे भनाइ छ ।
प्रतिक्रिया