तारा एयरः हराइरहेको एउटा शव पनि भेटियो, १२ शव काठमाडौं ल्याइने तयारी

Tara (8)

काठमाडौं । तारा एयरको जहाज दुर्घटनामा हराइरहेको एउटा शव पनि फेला परेको छ । मुस्ताङमा आइतबार भएको विमान दुर्घटनामा २२ जनाको मृत्यु भएको थियो । सोमबारसम्म २१ जनाको शव भेटिएकोमा मंगलबार बिहान थप १ जनाको शव भेटिएको जिल्ला प्रहरी कार्यालय मुस्ताङले जनाएको छ ।

खोँचमा अड्किरहेको अवस्थामा एउटा शव फेला परेको प्रहरीले जनाएको हो । प्रहरीका अनुसार अहिले १० शव कोबाङ ल्याइसकिएको छ भने २ वटा शव घटनास्थलमै रहेको जनाइएको छ । ती २ शव पनि कोबाङ ल्याइसकेपछि १२ वटा शव काठमाडौं लगित भएको छ । यसअघि सोमबार १० वटा शव काठमाडौँ ल्याइसकिएको छ ।

दुर्घटनाग्रस्त जहाजमा १९ यात्रु र ३ जना चालक दलका सदस्य सवार थिए । विमानमा इन्द्र बहादुर गोले, पुरुषेत्तम गोले, राजन कुमार गोले, मिक ग्र्याट, बसन्त लामा, गणेश नारायण श्रेष्ठ, रवीना श्रेष्ठ, रस्मी श्रेष्ठ, रोजिना श्रेष्ठ, प्रकाश सुनुवार, मकर बहादुर तामाङ, राममाया तामाङ, सुकुमाया तामाङ, तुल्सादेवी तामाङ, अशोक कुमार त्रिपाठी, धनुष त्रिपाठी, ऋतिका त्रिपाठी, युवी विल्नर र वैभवी बाण्डेकर सवार थिए । यस्तै विमान क्याप्टेन प्रभाकर घिमिरेले उडाएका थिए भने सहचालक उत्सव पोखरेल र एयर होस्टेस किस्मी थापा थिइन् ।

प्रतिक्रिया

सम्बन्धित